• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं २ मा सातको सङ्क्रमणबाट मृत्यु, मृतक सङ्ख्या ८४

प्रदेश नं २ मा सातको सङ्क्रमणबाट मृत्यु, मृतक सङ्ख्या ८४


समायोजन खबर
  • शनिबार, भाद्र १३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन् ।

    सो अवधिमा महोत्तरी र सिरहामा दुई/दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा कमलेशप्रसाद यादवले जानकारी गराउनुभयो । सोअनुरुप महोत्तरीको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय, पिपरा गाउँपालिका–७ का ७० वर्षीय, सिरहाको सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय र लहान–१८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ४८ वर्षीय, वीरगञ्ज–२२ का ३७ वर्षीय र वीरगञ्ज–१२ का ६५ वर्षीया एक महिला गरी सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

    सोही अवधिमा धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ४५, रौतहटमा एक, बारामा नौ र पर्सामा ३४ गरी १६५ जना थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या नौ हजार ७९५ पुगेको छ । सोमध्ये आज चार महिला गरी ८७ उपचार गराइ निको भएर घर फर्केका छन् । अब उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ७५५ पुगेको छ ।

    यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ७५० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ६४३, आइसोलेसनमा एक हजार ७४ र होम आइसोलेसनमा तीन हजार ९०२ जना रहेको सो मन्त्रालयले जनाएको छ ।२०७७ भदौ १३ गते राती ८ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology