• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चितवन र झापामा कोरोनाबाट दुईको मृत्यु

चितवन र झापामा कोरोनाबाट दुईको मृत्यु


समायोजन खबर
  • शुक्रबार, भाद्र १२ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताउनुभयो ।

    झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उहाँ नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल जानुभएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उहाँकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उहाँकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत हुनुहुन्छ ।

    यस्तै,चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ ।

    स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

    यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ ।२०७७ भदौ १२ गते बिहान ११ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology