• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन झण्डै ७० हजार सङ्क्रमित थपिए

भारतमा एकैदिन झण्डै ७० हजार सङ्क्रमित थपिए


समायोजन खबर
  • बिहिबार, भाद्र ४ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् ।

    योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६सङ्क्रमित भएका हुन् ।

    तीमध्ये छ लाख ८६ हजार ३९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    भारतमा कुल सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६६५ जना सङ्क्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।२०७७ भदौ ४ गते अपरान्ह ३ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology