• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तीन पक्राउ

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तीन पक्राउ


समायोजन खबर
  • मंगलबार, भाद्र २ २०७७

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । २०७७ भदौ २ गते बिहान ९ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology