• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ


समायोजन खबर
  • बुधबार, साउन २१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्र्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अन्ुार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमिनमा ८२ हजार २४ अर्थात ९० प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमिनमा दुई लाख १५ हजार २०२ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

    रोपाइँको स्थितिलाई नियाल्दा सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । रोपाइँ सबैभन्दा बढी शतप्रतिशत ओखलुढुङ्गामा चार हजार ४०३ हेक्टर जमिनमा र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जमिनमा धान रोपाइँ भएको पाइएको छ ।

    भौगोलिकताको आधारमा तुलना गर्दा उच्च पहाडी क्षेत्रमा ९५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९० प्रतिशत र मध्यपहाडी क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नुपरेको छैन भने यसको क्षेत्र अझ बढ्ने उहाँले बताउनुभयो । असार १५ गतेसम्ममा २२ प्रतिशत मात्र रोपाइँ भएको यस क्षेत्रमा १५ दिन पहिले ८२ दशमलव ५१ प्रतिशत भएको थियो भने अहिले मौसम अनुकूलताले धान रोपाइँको क्षेत्र बढेको र अभैm केही प्रतिशत धान रोपाइँ बढ्ने निर्देशनालयको अनुमान छ ।

    यस्तै अहिले धानमा गवारो र ब्लाष्ट (डडुवा) रोगको पनि प्रकोप बढेकाले किसानले समयमै रोग र किराको व्यवस्थापन गर्न सक्यो भने निश्चितरुपमा विगत केही वर्षदेखिको तुलनामा यस वर्ष धानको उत्पादन धेरै राम्रो हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । धान रोपाइँको स्थितिलाई हेर्दा सरकारले धान दिवसको अवसरमा दिएको नारा ‘धान उत्पादन वृद्धि, आत्मनिर्भरता समृद्धि’ को पाटोमा टेवा पुग्ने विश्वास जागेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले बताउनुभयो ।२०७७ साउन २१ गते मध्यान्ह १ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology