• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घरेलु मदिरालाई कानुनी मान्यता दिन माग

घरेलु मदिरालाई कानुनी मान्यता दिन माग


समायोजन खबर
  • शुक्रबार, साउन १६ २०७७

  • प्रधानमन्त्रीसमक्ष पुग्नेगरी ज्ञापन पत्र र कठुवामा रक्सी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राई ।

    समायोजन खबर खोटाङ, घरेलु मदिरालाई ब्याण्ड गर्नुको सट्टामा ब्राण्ड बनाउनुपर्ने भन्दै किरात राई यायोक्खा खोटाङले सरकारसँग माग गरेको छ । केही समयअघि प्रदेश नं.१ का प्रदेशसभा सदस्य उषाकला राईले घरेलु रक्सीलाई ब्याण्ड हैन ब्राण्ड बनाउनुपर्ने एजेण्डा संसदमा उठाएपछि यायोक्खाले पनि घरेलु रक्सीलाई कानुनी मान्यता प्रदान गर्न माग गरेको हो ।
    शुक्रबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र र एक कठुवा रक्सी पठाउँदै आदिबासी जनजाति किरात समुदायमा जन्मदेखी मृत्यु पर्यान्तसम्म साँस्कृतिक रुपमा अनिवार्य चाहिने घरेलु मदिरालाई कानुनी मान्यता प्रदान गर्न जोडदार माग गरेको छ ।
    स्थानीय उत्पादनलाई निरुत्साहित गर्दै मदिराजन्य बहुराष्ट्रिय कम्पनीहरुको हालिमुहालीका कारण विदेशी कम्पनीहरुको बजार वर्चस्व रहेकाले नेपालको अरवौ रकम विदेश गईरहदा स्थानीय उत्पादन र श्रोत साधनको उपयोग गरी उत्पादन हुने घरेलु रक्सीलाई ब्राण्ड बनाउन जोडदार माग गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राईले बताउनुभयो । नेपालको संविधानको भावना अनुरुप सवै संस्कृतिको सम्मान, स्थानीय उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्न स्थानीय रुपमा उत्पादन हुने रक्सीलाई कानुनी मान्यता प्रदान गर्न र यसलाई उधोगको रुपमा विकास गरी स्थानीय रुपमा रोजगार सिर्जना, आयआर्जन बृद्धिमार्फत नेपाल निर्माणको बाटोमा लाग्न सरकारको ध्यानाकर्षण गरिएको अध्यक्ष राईले बताए ।
    नेपालको आदिम कालदेखी साँस्कृतिक रुपमा प्रयोग र उत्पादन गर्दै आइरहेको घरेलु रक्सीमा राज्यले उत्पादन र बेचविखनमा बन्देज गरिरहने तथा स्थानीय उत्पादनलाई लगानी, प्रोत्साहन र प्रवद्र्धन नगर्ने हो भने देशको संमृद्धि कल्पनामै सिमित हुने यायोक्खाले जनाएको छ ।२०७७ साउन १६ गते दिउँसो २ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology