• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्लाभित्र अधिकांश स्थानमा बस सञ्चालनमा छ

जिल्लाभित्र अधिकांश स्थानमा बस सञ्चालनमा छ


समायोजन खबर
  • शुक्रबार, साउन १६ २०७७

  • खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङ ।

    समायोजन खबर खोटाङ, खोटाङमा झण्डै पाँच महिनापछि जिल्लाभित्र सार्वजनिक यातायात सेवा सुरु भएको छ । अघिल्लो वर्षको चैत्र १० गतेबाट बन्द भएको यातायात सेवा साउन ८ गतेबाट सञ्चालनमा आएको हो । कोरोना महामारीबिचमा सरकारले जिल्लाभित्र मानव स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक यातायातका साधन चलाउन निर्देशन गरेपछि कोरोना महामारीले थलिएका यातायात व्यवसायीहरुमा झिनो आशा पलाएको छ ।
    यहि विषयमा रहेर समायोजनखबर डटकमले खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङसँग गरेको कुराकानीको संम्पादित अंश ।
    कोरोना कहरपछि जिल्लाभित्र बस चल्न थालेको छ, कुन कुन स्थानमा बस चलिरहेको छ ?
    आफ्नो जिल्लाभरी सामाजिक दुरी कायम गरी सार्वजनिक यातायात सेवा सुचारु गर्ने नेपाल सरकारको निर्णय अनुसार हामीले असार ८ गतेबाट बस सञ्चालन गरेका हौ । अहिले चाँहि दिक्तेल–निर्मलीडाँडा,दिक्तेल–दोर्पा बानाचुङ, दिक्तेल–बुईपा र दिक्तेल–जयरामघाटसम्म बस सञ्चालन गर्न थालेका हौ ।
    समय तालिका चाँहि कस्तो छ नि ?
    समय तालिका चाँहि बिहान ७ बजे दिक्तेलबाट निर्मलीडाँडा, २ बजे दिक्तेलबाट जयरामघाट, साढे २ बजे दिक्तेलबाट निर्मलीडाँडा, ४ बजे दिक्तेलबाट दोर्पा बानाचुङ, साढे ४ बजे दिक्तेलबाट बुईपाका लागि बस छुट्ने गरेको छ ।
    स्वास्थ्य सुरक्षा कसरी अपनाउनु भएको छ ?
    एउटा बसमा ३०/३२ जनाको सिट हुन्छ । त्यसमा हामीले आधा मात्रै यात्रु लगाउछौ । एउटा सिटमा दायाँबायाँ गरी दुई जना यात्रु बस्न मिल्छ त्यसमा चाँहि दुई जनाको सट्टामा एकजना यात्रु बसाल्ने गरेका छौ । सवै बसको सिट क्षमताभन्दा आधा मात्रै यात्रु लगाउने गरेका छौ । यात्रुहरु बसमा चढ्नु अघि उहाँहरुलाई स्यानिटाइजरको व्यवस्था गरेका छौ, मास्क लगाउनु भएको छ÷छैन हेर्छौ यदि मास्क लगाउनु भएको छैन भने सहयोग स्वरुप मास्क दिने, आगामी दिनमा लगाउन भनि सल्लाह दिने गरेका छौ । मास्क लगाउन अनुरोध गर्छौ ।
    भाडा दर पक्कै बढेको होला नि ?
    हजुर भाडादर एकदमै बढेको छ । यो चाँहि हामीले मात्रै बढाएको हैन । यो चाँहि नेपाल सरकारले नै कोरोना जोखिमलाई अलिकती न्युनिकरण गर्न अथवा महामारीबाट बच्नका लागि बसको एउटै सिटमा दुईजना यात्रु बस्न मिल्छ तर, त्यो सिटमा एकजना मात्रै यात्रु राख्ने र ५० प्रतिशत व्यवसायीहरुले, ५० प्रतिशत यात्रुले व्यहोर्ने गरेर ५० प्रतिशत भाडा बढेको छ । ५० प्रतिशत भाडा बढाइए पनि आधा मात्रै यात्रु बोक्ने नियमले यातायात व्यवसायीलाई भने घाटा नै छ ।
    लामो दुरीका बस चलाउने कुरा चाँहि के छ ?
    लामो दुरीको बस सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात राष्ट्रिय महासंघ छ । उसले लामो दुरीको यातायात चाडोभन्दा चाडो सञ्चालन हुनुपर्छ र नागरिकहरुलाई अत्यन्तै समस्या प¥र्यो भनेर सम्बन्धित पक्षलाई ज्ञापनपत्र बुझाई रहेको छ । नेपाल सरकारले भदौ १ गतेबाट लामो दुरीको बस सञ्चालन गर्ने भनेर उद्घोष नै गरिसकेको छ ।हामीले चाँहि यात्रुहरुलाई समस्या भएको कुरालाई मध्यनजर राख्दै अझ चाँडो बनाउने कोशिसमा छौ ।
    कोरोनाले धरासयी बनेका यातायात व्यवसायीहरु अब उठ्न कती लाग्ला ?
    अहिले त आंकलन नै गर्न नसकिने स्थितीमा यातायत व्यवसायीहरु पुगेको छ । किनभने कोरोनाका कारणले गर्दा गाडीहरु चुस्तदुस्त चल्न सक्ने अवस्थामा छैन । गाडीको सम्पूर्ण पार्टपूर्जाहरुले काम गर्दैन । त्यसो हुनाले कतिपय व्यवसायीहरु त किस्ताको कारणले गर्दा, गाडीको समस्याले गर्दा, चालक सहचालकको समस्याले गर्दा पनि धेरै व्यवसायीहरु विस्थापित नै हुनुपर्ने अवस्था छ । तथापि पनि केही रहेका व्यवसायीहरु पहिलाकै ठाउँमा आउनलाई २/४ वर्ष चाँहि लाग्छ नै भन्ने हामीले आंकलन छौ ।२०७७ साउन १६ गते बिहान ९ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology