• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नाछिरिङ भाषाको कक्षा १ र कक्षा २ को पाठ्यपुस्तक विमोचन

नाछिरिङ भाषाको कक्षा १ र कक्षा २ को पाठ्यपुस्तक विमोचन


समायोजन खबर
  • शनिबार, साउन ३ २०७७

  • समायोजन खबर खोटाङ, नाछिरिङ भाषाको कक्षा १ र कक्षा २ को पाठ्यापुस्तक विमोचन गरिएको छ । पुर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पठन–पाठनका लागि शनिबार काठ्माण्डौंमा आयोजित कार्यक्रममा आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, परिषदका सदस्य सचिव एबं भाषाविद डा. तारामणी राई, लोहोरुङ राई समाजका अध्यक्ष चित्रबहादुर लोहरुङ लगायतले पाठ्यापुस्तक बिमोचन गरेका हुन् ।

    किरात रदु नाछिरिङ साखाम केन्द्र काठ्माण्डौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्याक्रम तथा पाठ्यापुस्तक लेखन समितिले तयार पारेको पाठ्यापुस्तक साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विचोचन गरिएको हो । सोलुखुम्बु, खोटाङ, उदयपुर लगायतका जिल्लाका नाछिरिङको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषाबाट पठन–पाठन गर्नका लागि पाठ्यापुस्तक तयार पारिएको साखामकी केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताईन् ।

    २०७६ साल जेठ १२ गते विमोचन गरिएको कक्षा १ को पाठ्यापुस्तकको परिमार्जित संस्करणलाई समेत कक्षा २ को पाठ्यापुस्तकसँगै विमोचन गरिएको हो । २०७६ सालदेखि सोलुखुम्बूको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठन–पाठन सुरु गरिएको छ । २०६८ सालको जनगणना अनुसार पुर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको छ ।२०७७ साउन ३ गते साँझ ५ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology