• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सलह किन्ने कृषिविज्ञ मदन राईको घोषणा

सलह किन्ने कृषिविज्ञ मदन राईको घोषणा


समायोजन खबर
  • आइतबार, असार १४ २०७७

  • कृषिविज्ञ मदन राई ।

    समायोजन खबर खोटाङ, खोटाङका कृषि विज्ञ मदन राईले सलह किरा खरिद गर्ने घोषणा गरेका छन् । सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेकैबेला कृषि विज्ञ राईले भने प्रतिकिलो सय रुपैयाँका दरले सलह खरिद गर्ने बताएका छन् ।
    ‘कसैले समाएर ल्याइदिए किलोको सय रुपैयाँले, हजार किलोसम्म ल्याए एक लाख भुक्तानी गरिने छ,’ सोल्मामा शुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई बिभिन्न परिकार बनाएर खुवाउनेछौँ । केही पशुपंछीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पंछीलाई खुवाउने छौँ ।’
    कृषिविज्ञ राईले सलह किरा नियन्त्रणको नाममा विष किनेर घुस खाने माध्यम नवनाउन र वातावरण बिषालु नवनाउन आग्रह गरेका छन् ।
    २०७७ असार १४ गते दिउसो २ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology