• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा ७७ वटै जिल्लामा कोरोना सङ्क्रमण फैलियो, १२ हजार नाघ्यो सङ्क्रमित

नेपालमा ७७ वटै जिल्लामा कोरोना सङ्क्रमण फैलियो, १२ हजार नाघ्यो सङ्क्रमित


समायोजन खबर
  • शनिबार, असार १३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, आज रसुवामा कोरोना संक्रमित फेला परेसँगै नेपालमा ७७ वटै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । रसुवामा सङ्क्रमण देखिएसँगै नेपालभर कोरोना फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय नौ पुगेको हो । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् ।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।

    यसैबीच कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको र उनमा सङ्क्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।२०७७ असार १३ गते साँझ ५ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology