• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राङज्यूङ येशे शेनफेनले दियो हलेसीका ८८ परिवारलाई राहत

राङज्यूङ येशे शेनफेनले दियो हलेसीका ८८ परिवारलाई राहत


समायोजन खबर
  • शुक्रबार, असार १२ २०७७

  • राहत वितरण गर्दै नगर उपप्रमुख बिमला राई ।

    चिसाङ शेर्पा खोटाङ, बौद्ध सेतो गुम्बा काठमाण्डौको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले हलेसीमा राहत वितरण गरेको छ । शेनफेनले महेन्द्रदय मावि हलेसीमा अध्ययनरत विधार्थीहरुको ८८ परिवारलाई राहत वितरण गरेको हो ।
    महेन्द्रदय माविमा कक्षा १ देखी कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखी समय समयमा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) खुवाउदै आएको शेनफेनले उनै विधार्थीहरुको परिवारलाई शुक्रबार राहत वितरण गरेको बौद्ध सेतो गुम्बा काठमाण्डौका प्रतिनिधि पेम्बा दोर्जे शेर्पाले जानकारी दिए ।
    राहत स्वरुप प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र १ केजी मस्यौरा (तरकारी) वितरण गरेको हो ।
    राहत गुम्बाकातर्फबाट प्रतिनिधि दावा शेर्पा, हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राई, महादेवस्थानका वडाध्यक्ष चयन्द्र राई लगायतले वितरण गरेका हुन् । २०७७ असार १२ गते साँझ ६ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology