समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ करोड बढी बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा सातौ गाउँसभामार्फत ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष सपना राईले प्रस्तुत गरेको बजेट अनुसार आर्थिक विकासतर्फ ५ करोड २९ लाख ७३ हजार ७६४, पूर्वाधार विकासतर्फ १० करोड ६ लाख ९४ हजार ३१०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६ करोड ९२ लाख ३ हजार २ सय र सामाजिक विकासतर्फ २९ करोड १२ लाख ८ हजार रहेको छ । प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि र कोरोना भाइरस (कोभिड–१९) लाई उच्च प्राथमिकता दिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ बजेट बक्तब्य
अध्यक्ष ज्यू,
अव म आर्थिक वर्ष २०७७/०७८ को वजेट विवरण पेश गर्न चाहन्छु ।
संघीय गणतन्त्रात्मक नेपालमा हामी निर्वाचित भै स्थानीय तहले पेश गरेको ४ चौथो वजेट हो यस वजेटको पूर्व संध्यामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभाववाट हाम्रो गाउँपालिका पनि अछुत रहन सकेन । यस महामारीको संक्रमण नियन्त्रणको लागि हाम्रो गाउँपालिकाको वजेटको ठुलो अंश यस क्षेत्रमा खर्च गर्नु परेको वाध्यता अवगत गराउदै आगामी आर्थिक वर्षमा पनि केही वजेट यस क्षेत्रमा विनियोजन गर्नु पर्ने हाम्रो वाध्यता भएको छ । (कोभिड –१९) को संक्रमण वाट हाम्रो गाउँपालिकामा आएको विषम परिस्थितीको सबै राजनैतिक दल, जनप्रतिनिधि, संघ संस्था र आम नागरिकको सहयोग वाट वर्तमान चुनौतीको सामाना गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं । हाम्रा असिमित आवश्यकता र यस विषम परिस्थितिका विच हामीले पेश गरेको आगामी आर्थिक वर्षको वजेटका उद्धेश्यहरु तपशिल बमोजिम राखेका छौ ।
वजेटका उद्धेश्यहरु
१) विश्वव्यापी संक्रमणको रुपमा फैलिएको (कोभिड–१९) वाट आक्रान्त दिपु्रङ वासी नागरिकहरुको जीवन रक्षा गर्दै यहाँको जनजिवनलाई सहज र सुरक्षित वनाउने ।
२) गाउँपालिकाका नागरिकलाई प्राप्त मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यता परिपूर्ति गर्ने तर्फ वजेट उन्मुख हुनेछ ।
३) गाउँपालिकामा प्राप्त साधन र श्रोतको अधिकतम उपयोग गरी गाउँपालिकाको नारालाई सफल वनाउन अहिलेको संकटलाई अवसरको रुपमा उपयोग गर्ने तर्फ लक्षित हुनेछ ।
संघीयता लागु भएपछि स्थानीय सरकारले संचालन गर्ने लेखा प्रणाली स्थानीय संचितकोष व्यवस्थापन प्रणाली (sutra) बाट संचालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/०७८ को वजेट प्रस्तुत गर्ने अनुमती चाहन्छु । यस वर्ष हाम्रो आय तर्फ संघीय सरकारवाट प्राप्त वितीय समानीकरण अनुदान रु ९ करोड २३ लाख, संघीय सरकार सर्शत अनुदान २१ करोड ३६ लाख, संघीय सरकार विशेष अनुदान ५० लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ४० लाख, संघीय सरकार राजश्व वाँडफाँड ७ करोड ६ लाख ७६ हजार ३ सय १०, प्रदेश सरकार वितीय समानीकरण ६९ लाख ८८ हजार, प्रदेश सरकार सवारी साधन कर ४० लाख ६४ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, प्रदेश सरकार सर्शत अनुदान १ लाख, साना सिंचाई कार्यक्रम २ करोड ५९ लाख ७९ हजार ७ सय ६४ रुपैया ८ पैसा, आन्तरिक राजश्व १५ लाख ,आन्तरिक प्रशासन सुधारवाट ५० लाख तथा सामाजिक सुरक्षा भत्तावापत ६ करोड ५० लाख समेत जम्मा ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसाको कुल वजेटमा सर्शत अनुदान रु. २१ करोड ३६ लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ४० लाख, प्रदेश सरकार समपुरक अनुदान रु १ करोड ,प्रदेश सरकार सर्शत अनुदान रु १ लाख, साना सिंचाईको २ करोड ५९ लाख ७९हजार ७ सय ६४ रुपैया ८ पैसा तथा समाजिक सुरक्षा भत्ताको रु ६ करोड ५० लाख संम्बन्धित तोकीएको कार्यक्रममा नै खर्च हुने हुँदा उल्लेखित वजेट रु ३३ करोड ३६ लाख ७९ हजार ७ सय ६४ चौसट्ठी रुपैया ८ पैसाको लागि कुनै कार्यक्रम तय गर्नु परेन सर्शत तर्फ विनियोजनको प्रतिशतलाई तुलनात्मक विश्लेषण गर्दा आर्थिक विकास तर्फ ४.२८ प्रतिशत, भौतिक पूर्वाधार तर्फ १.८१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ४.११ प्रतिशत तथा सामाजिक विकास तर्फ ८९.८०प्रतिशत लगानी गरिएको छ । अव म हाम्रो गाउँपालिकालाई प्राप्त भएको ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसा मध्ये ३३ करोड ३६ लाख ७९ हजार ७ सय ६४ रुपैया ८ पैसा कटाई वाँकी हुन आएको रकम रु १८ करोड ५लाख २८ हजार ३ सय १० दश मात्र विनियोजन गरेको छु । 
विनियोजन योग्य उक्त रकम १८ करोड ५ लाख २८ हजार ३ सय १० रुपैया स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (कगतचब) मा विनियोजन गर्ने क्रममा आर्थिक विकास तर्फका कार्यक्रमहरुको लागि रु १ करोड ७८ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ७८ लाख २३ हजार ३ सय १० दश , शुसासन तथा अन्तर संम्बन्धित क्षेत्र तर्फ ६ करोड ४५ लाख र सामाजिक विकास तर्फ ३ करोड ४३ लाख ९० हजार विनियोजन गर्ने प्रस्ताव गरेको छु । उक्त रकमको प्रतिशतमा निकाल्दा आर्थिक विकासमा १० प्रतिशत पूर्वाधार विकासमा ३८ प्रतिशत शुसासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३३ प्रतिशत र सामाजिक विकास क्षेत्रमा १९ प्रतिशत हुन आउछ ।
यसरी विनियोजित गरेको समानीकरणको वजेट मध्ये वजेट खर्चका तोकिएका अनिवार्य दायित्वमा परेका मुख्य कार्यक्रमहरु गाउँपालिकाका गौरवका योजनाहरु साप्सु खोला मोटरेवल पूलको लागि रु २ करोड, प्रशासनिक भवन निर्माणको लागि १ करोड ५० लाख, रमाइलो देखि पंचमी हुँदै गाउँपालिका कार्यालय सम्मको सडकमा ग्राभेल गर्न रु ६० लाख, रेग्मीटार पञ्चमी सडक ग्रावेल गर्न रु ४० लाख, धिप्लुङ झरना पर्यटकीय विकास कार्यक्रमको लागि रु ३० लाख, राम्चे भ्यूटावर निर्माणको लागि रु ३० लाख, समपुरक अनुदान पूर्ति गर्नको लागि ५० लाख तथा चालु प्रशासनीक खर्चको लागि ५ करोड ६० लाख र प्रकोप व्यवस्थापन कोषको लागि ४० लाख, साना सिंचाई कार्यक्रमको लागि ५१ लाख ९५ हजार ९ सय ५२ रुपैया ८२ पैसा विनियोजन गरी वाँकी हुन आएको रकम विनियोजन अनुसुचीमा उल्लेखित हुनेछ । यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालित साप्सु खोला मोटरेवल पुलको लागि विनियोजित रकम रु .२ करोडवाट उक्त पुल निर्माण कार्यक्रमलाई वहु वर्षिय योजना वनाई आ.व. ०७६/०७७ मा विनियोजित रकम रु २ करोड सोही योजनामा खर्च गर्ने गरी प्रस्ताव पेश गरेको छु ।
अन्त्यमा ,
गाउँपालिकाको विकास र संवृद्धिको लागि प्रत्यक्ष परोक्षरुपमा सहयोग गर्नु हुने सहयात्री निर्वाचित प्रतिनिधिहरु, राजनैतिक दल, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु तथा गाउँपालिका कार्यरत कर्मचारी वर्ग प्रति धन्यवाद दिदै विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को छिट्टै संक्रमण नियन्त्रण हुने आसा राख्दै यसबाट त्रसित नभै संयमताका साथ नियन्त्रणका उपाय अवलम्बन गर्दै रहुँ भन्दै विदा चाहान्छु । धन्यवाद ।। २०७७ असार १० गते दिउँसो ४ :५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology