समायोजन खबर खोटाङ, खोटाङका किरात समुदायले महान चाड साकेला चाडको विदाई गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण जिल्लाका किरात सामुदायले अनौपचारिकरुपमा साकेलाको बिदाई गरेका हुन् ।

किरात राई यायोक्खाको कार्यालयमा शनिबार नछुङ, किरात राई यायोक्खा र किरात सेवा समाजका पदाधिकारी/प्रतिनिधिको उपस्थितिमा विधि पुरा गरेर साकेलाको विदाई गरिएको हो । लकडाउनका कारण यसवर्षको साकेला औपचारिकतामा सिमित गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए । साकेला विदाईका लागि नछुङ, यायोक्खा र किरात सेवा समाजका टोली डोल, झ्याम्टा बजाउँदै हाटडाँडाबाट माटिकोरे हुँदै यायोक्खाको कार्यालय पुगेका थिए ।
लकडाउनका कारण बढिमा २५ जनाको उपस्थितिमा मात्र चाडवाड मनाउने व्यवस्था भए अनुशार विगतको तुलनामा यस वर्षको साकेला रौनकविहिन बनेको यायोक्खाले जनाएको छ । किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ ढोल–झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्नुपर्नेमा लकडाउनका कारण प्रायः सुनसानजस्तै बनेको थियो ।
बैशाख पूर्णीमाको अवशरमा गत बैसाख २६ गते सुरु भएको साकेला उभौली चाड पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ ।
किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको छ । २०७७ असार ६ गते साँझ ७ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology