• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज कुवेत, ओमान र मलेसियाबाट नेपाली स्वदेश फर्कंदै

आज कुवेत, ओमान र मलेसियाबाट नेपाली स्वदेश फर्कंदै


समायोजन खबर
  • बिहिबार, असार ४ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ, आज बिहीबार मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्कंदै छन् । कुवेतबाट आममाफीमा सहभागी १५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउनेछ । उनीहरु सबैजनालाई कोरोना जाँचसहित कुवेतले निःशुल्क ल्याइदिनेछ ।

    यस्तै ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ ।

    यस्तै आजै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदै छन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो । यो उडानमार्फत फर्कने नेपालीको सङ्ख्या कति छ भन्ने खुलाइएको छैन । मलेसियाको स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा जहाज मलेसियाबाट नेपालका लागि उड्ने छ ।२०७७ असार ४ गते बिहान ६ :५७ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology