समायोजन खबर चितवन, चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।
माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो ।
जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन् ।२०७७ जेठ ३० गते अपरान्ह ३ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology