• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५०७ पुग्यो

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५०७ पुग्यो


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डाै, नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या पाँच सय नाघेको छ । अहिलेसम्म पाँच सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लाे विवरण अनुसार थप २० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पहिलाे पटक काेराेना सङ्क्रमण देखिएकाे छ ।मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँकेका १४ जना, कैलालीका तीन जना तथा माेरङ, डढेलधुरा र बैतडीका एक/एक जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो ।

    यसअघि आज बिहान मात्रै ३० जनामा कोरोना पुष्टि भएकोमा दिउँसो फेरि २० जना थपिएकाे उहाँले जानकारी दिनुभयो । यस्तै आज बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना निको भएपछि घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको सङ्ख्या ७० जना पुगेको छ । अहिलेसम्म नेपालको ४० जिल्लामा कोरोना सङ्क्रमणका बिरामी भेटिएका छन् ।नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणबाट तीन जनाकाे ज्यान गएकाे छ ।२०७७ जेठ ९ गते साँझ ६ :०९ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology