• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाबाट ३ लाख ३४ हजार जनाको मृत्यु

कोरोनाबाट ३ लाख ३४ हजार जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ, विश्वमा साढे २० लाख भन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट निको भएका छन् । ५१ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २० लाख ७८ हजार ४ सय ९४ जना निको भएका वल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २७ लाख ७६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल र बाँकी २७ लाख भन्दा धेरैको अवस्था सामान्य छ ।

    ३ लाख ३४ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा विश्वभर ४ हजार ८ सय १९ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १३ सय जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९६ हजार नाघेको छ । अहिलेसम्म अमेरिकामा मात्रै १६ लाख १९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । त्यहाँ ३ लाख ८२ हजार कोरोनाका विरामी निको भएका छन् ।

    यस्तै भारतमा कोरोेनाका नयाँ विरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ६ हजारभन्दा धेरै नयाँ विरामी थपिएका छन् भने र १ सय ५० जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । यस्तै, कोरोनाबाट नेपालमा ३ जनाको ज्यान गएको छ ।२०७७ जेठ ९ गते बिहान ९ :११ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology