• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गायक पंगेनीले गरे सिमा सम्बन्धि खबरदारी ‘कोही बोल्दैनन् सिमा मिच्दा’

गायक पंगेनीले गरे सिमा सम्बन्धि खबरदारी ‘कोही बोल्दैनन् सिमा मिच्दा’


समायोजन खबर
  • बिहिबार, जेष्ठ १ २०७७

  • गायम बद्री पंगेनी

    समायोजन खबर खोटाङ, गायक बद्रि पंगेनीको नामै काफी छ, उनलाई विभिन्न उपमा दिईराख्नु पर्दैन् । यद्यपी, उनलाई धेरैले जनताको गायकको रुपमा चिन्छन् भने कतिपयले दोहोरी गायकको रुपमा ।
    उनले गाउने गीतमा माया पिरतीका कुरा मात्र हुदैन, कहिले जन्मदिने आमाप्रति समर्पित त, कहिले नेपाल आमाप्रति समर्पित गीत गाउन माहिर पंगेनीले अहिले नेपाल–भारत सिमा विवाद चुलिएकै बेला ‘कोही बोल्दैनन् सिमा मिच्दा’ बोलको खबरदारीपुर्ण गीत गाउन भ्याएका छन् ।अझै नी,गणतन्त्र आको छैन् है, शहिदको सपना, मुस्ताङमा स्याउ कुहियो, लाउ चेली सिन्दुर लाउँ, खै त नेताज्यू जस्ता जनप्रिय गीत गाएका पंगेनीले यो पटक शिखर गजरकोटेको सृजनामा देशको लागि गीत गाएका छन् ।
    गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिर्वतन भए पनि जनताको अवस्थामा सुधार नआएको कुरा र जनचाहना बमोजिम काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।सागर विरहीको संगीत संयोजन रहेको प्रगतीशीलगीतको भिडियोमा बद्रि पंगेनी, समाजसेवी धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन् । खेम थापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन विनोद बमले गरेका छन् ।
    गजरकोटे हिमाल एफएमका स्टेशन म्यानेजर हुन् भने उनले पानी मिठो यारी खोलाको, बार लाउ है मायाले, तनहूँ गजरकोट, यत्ति कुरा, तरुनी, घर ज्वाँइ, पुर्वेली कान्छी लगायतका दर्जनौ पुर्वेली पश्चिमेली गीत सृजना गरिसकेका छन् ।
    गीतको पुरा भागः
    ध्यानदिएर सुन नेता ज्यू, जनताले के भनेका छन्
    त्यहि काम छिटो गर नेता ज्यू, जनताले जे भनेका छन्
    कोही बोल्दैनन् सिमा मिच्दा
    कस्तो हुन्छ घाँटी थिच्दा
    नगरि देऊ बोलेजस्तो
    बोल्दा मुटु पोलेजस्तो
    ध्यानदिएर सुन नेता ज्यू ….
    फेरिएको छ व्यवस्था
    जनताको उहि अवस्था
    हुनेखाने चुस्दै गए
    हुदाखानी उस्तै रहे
    ध्यानदिएर सुन नेता ज्यू ….

    जनताले चाहेको के
    जनताले पाएको के
    सुख, शान्ति, विकास चाहे
    बन्द, हड्ताल, द्घन्द्घ पाए
    ध्यानदिएर सुन नेता ज्यू ….
    २०७७ जेठ १ गते दिउँसो २ : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology