सन्जय कुमार राई खोटाङ, सुक्ष्म ढंगले अध्ययन गर्दै जाने नै हो भने कम्रेड सम्माननीय खड्ग प्रसाद ओलि ज्यूको सामाजिक, साँस्कृतिक, राजनैतिक र व्यावहारिक जीवनका घटनाक्रम र निर्णयहरुमा हजार गल्तिहरु, सयौ कमजोरीहरु, दशौ भुल र महाभुलहरु भेटिएलान ?
तर, (अन्धभक्त शाविक माओवादी कार्यकर्ताहरुलाई पनि आजको दिनमा भुल्नै नहुने केहि तथ्यमा आधारित सत्य चाँहि स्मरण गराउदछु) (२०५२ थालनी) महान १० वर्षे जनयुद्ध २०६२/६३ मा बिसाउनु, जनयुद्ध, गणयुद्ध र धनयुद्ध, क्यान्टोनमेन्ट २०६४ को चुनावमा मुलुककै पहिलो पार्टी बन्नु, ब्यालेटको राजनीति सुरु गर्नु, २०७० को चुनावमा एक्कासी तेश्रो पार्टी बन्नु र २०७४ को स्थानीय चुनावसम्म आईपुग्दाको खस्किदो नतिजा हेर्ने हो भने प्रचण्ड जसरी जति चाडो अगाडी उदाए । उसैगरी सबैको विश्वाश गुमाउदै उति छिट्टै स्खलित हुँदै बिलाउदै गएको पनि सत्य हो ।
आफ्नै राजनैतिक गुरु बैद्य, सहयोद्धा कम्रेडहरु डा. भट्टराई, गोपाल किराती (साईला) विप्लव (सबै फरक विचारमा) र लोकेन्द्र बिष्ट मगर (हाल आधुनिक कृषिमा) लगायत दर्जनौ बरिष्ठतम् नेता लाखौ युवा तथा कार्यकर्ताहरुले साथ छोडेको पनि सत्य नै हो यति बोलेपछी वहाप्रति आम मानिसहरु र कार्यकर्ताहरुको विश्वाश प्रेम, सम्मान र आजको वहाको वास्तविक हैसियत के हो प्रस्ट होला कि ?
हिजो प्रचण्डका निम्ति प्राण दिन तयार हुने, सर्वोच्च नेता र सुप्रिम कमाण्डर मान्ने, एक नजर हेर्न लालयित हुने कार्यकर्ताहरु आज किन उनैलाई घृणा गर्छन ? यो भन्दा बढी लेख्दिन म, पूर्वाग्राही चिन्तन न राखी आँखा चिम्लिएर ईमानका साथ छातीमा हात राखेर मात्रै सोचे उत्तर आफै पाउनु हुनेछ ।
१० वर्षे क्रान्तिपथको राजनीति र थप ११ वर्षे शान्तीपथको राजनीति २०७४ को स्थानीय चुनावसम्म आईपुग्दा सबैले उनलाई जाने, चिने र बुझे पनि यहि विषम परिस्थतिहरु विच २०७४ मंसिरको प्रदेश र संघको चुनावताका निभ्नै लागेको कम्रेड प्रचण्ड ज्युको राजनैतिक दियोमा सलेदो र तेल उनै ओलीले हाली दिएका हुन । 
कुहिनै लागेको पुष्प कमलको कोपिला उनै ओलीले फुलाई दिएका हुन, र आजको गर्व गर्न लायकको राजनैतिक हैसियत पनि उनै ओलीले आफ्नै पार्टीका नेता कार्यकर्ताहरुलाई निकै लामो समय लगाएर कडा मेहनतका साथ मनाई, रिझाई, सम्झाई, बुझाई निर्माण गरि दिएका हुन् ।
अझ हामी जत्तिका युवाहरुले भुल्नै नहुने महत्वपूर्ण एक कुरो चाहि ?
आफ्नै रातो रगत र कडा मेहनतले कोरिएको ईतिहासको पानाहरुलाई, स्वार्थको ¥यालले थुकी थुकी आफैले मेट्ने काम पनि गरेकै हुन । आत्मा समर्पणवादको बैशाखी टेक्दै, अवशरवादको खेतीमा रमाउने पनि उनै क्रान्तिकारी प्रचण्ड नै हुन् ।
कुनै कुनै ईतिहासहरु सधै गर्व गर्न लायकका सदावहार मान्य पनि हुन्छन । सबै ईतिहासहरु सदावहार गर्व गर्न लायकका नहुन पनि सक्छन । सदावहार गर्व गर्न लायकको ईतिहास निर्माणको निम्ति त सधै एकै नाशे प्राकृतिक ईमान्दार बनेर मुलुक, जनता र कार्यकर्ताहरुप्रति जिम्मेवार भई काम गर्नु अनिवार्य शर्त पनि हो, तर यो तर्फ बेलाबेलामा प्रचण्ड भने प्रस्ट रुपमा चुकेको र केहि न केही स्वार्थमा झुकेको देखिन्छ र बुझिन्छ ।
अर्को कतिपय ईतिहासहरु एक समयका लागि गर्व गर्न लायक र कालान्तरमा चाख लाग्दो अध्ययनको एक विषय मात्रै बन्न पनि सक्छन, जस्तै कि नेपालको राजनीति र हालको शाह वंशको भूमिका ?
फेरी कम्रेड प्रचण्ड ज्युलाई एउटै ईतिहासको ब्याजले सधै उनको राजनैतिक यात्राको रेलमा जनताले निरन्तर तेल हाली दिई रहनुपर्छ भन्नेमा म चाँहि मान्दिन, अरुले पनि न मान्लान कि ? उनले जनताबाट जति पाए, योगदान र त्यागको आधारमा प्रशस्त नै पाए । व्यवस्थापनमा चुके त्यो उनको कमजोरी हो ।
नेपाली जनताहरुले उनलाई उखु सम्झे, मत र माया दिए, सबैखाले सहयोगहरु गरे, अथाहा विश्वाश र प्रेम दिए, तर उनि ढोड बनेर निस्किए, कार्यकर्ताहरुको बलिदानी र जनताहरुको अपेक्षामा तुषारो पात गराए हामी साक्षी छौ, ईतिहास साक्षी छ ।
बोलिका पक्का र अति उच्चतम आत्माबलका धनि उनै ओलीले ऊ बेला ठुलो छाती नदेखाएको हुँदो त आज प्रचण्ड प्रत्यक्ष र समानुपातिक गरी बढीमा ३० माननीय बोकेर एनी हाउ मिलिजुली सरकारमा जाउको खेल र झेलमै सरकारको अंश बन्डामा कहिले कुन दलको नेता त कहिले कुन पार्टीको अध्यक्षसँग देउशिरे खेल्दै हुने थिए, सबैले भुल्नै न हुने ?
ओलि ज्ञान, विज्ञान र गणित सबैको लेखाजोखा नगरि बोल्ने र काम गर्ने, मुढ़ी मनोरोगको शिकार हुन, भने प्रचण्ड ठिक विपरित धुर्त छन्, यी सबैको हिसाब किताबगरी साम, दाम, दण्ड र भेद प्रयोगको नीति अपनाउदै खुङ्खार अनि निर्मम राजनैतिक, कुटिल चलखेलगरि आजको राजनैतिक हैसियत जोगाउन सफल बनेका हुन ।
कुरो रह्यो माननीय नविना लामा ज्युको बोलिको ?
वहाँ आज उक्त हैसियतमा पुग्नु भएको खास राजनैतिक क्षमता, योग्यता र दक्षताले भन्दा पनि, आर्शिवाद न १ ओली ज्युको गुटको बिद्यार्थी राजनीति गर्दैै अहिलेकी पार्टी नेत्री ।
आर्शिवाद २ काभ्रेली (जनजाति तामाङ्गकै छोरी हुनुले पनि हो )
आर्शिवाद न ३ महिला कोटाको दुरुपयोग गरी ।
वहाँको खाश विशेषता भनेको चाहि वहाँभित्र लुकेको (अदृश्य) कला हो । पाहा झैँ पानी भित्र र बाहिर दुवै स्थानमै जिउन सक्ने, वहाँले यो गरिमामय पद गुटको कोटा र आशिर्वादबाट प्राप्त गरेको पद हो । राजनैतिक योगदान क्षमताका आधारमा हैन । वहाँले प्रयोग गर्नुभएको भाषाहरु माननीय राजिप गुरुङ्ग (दिपक मनाङ्गे) ज्युले बोल्ने भाषाहरुसँग ९९ प्रतिशत मेल खान्छन । वहाँद्वारा प्रयोगिक भाषाहरु प्रति म पनि गहिरो दु : ख व्यक्त गर्दछु । अचम्मित पनि छु । एक विवश, लाचार नेपाली नागरिक हुनुको नाताले टाउकोमा हात पनि राख्छु ।
उसो हुँदा लामाज्यु प्रती मेरो त्यत्रो बढी अपेक्षा नरहेकाले आफुलाई बढि नै आन्दोलित र उद्धेलित चाँहि पार्दिन, अन्य (साविक माओवादी)का युवा कम्रेडहरुलाई पनि बढी अपेक्षा नगर्नु हुन नै सुझाव छ । उसै पनि यी दुवै नेताले ट्रयाक भन्दा बाहिर गाउन थालेको निकै भयो अनि कसरि सुमधुर सुनिन्छ त ?
बेमौसमी खेति हालेपछि बालि कसरी सप्रिन्छ त ?
प्रचण्ड भयंकर चातुर्यता भएको तर, गाम्भियर्ता हुदै नभएका नेता हुन भने, ओली ज्यु आफ्नो किचेन क्याबिनेटभन्दा बाहिरको अरुको सत्य कुरा पनि सुन्दै नसुन्ने, कसैले भलाई सोचेर सुनाई हाले पनि शंका गर्ने, विश्वाश नगर्ने, निरन्तर एक पछि अर्को कामहरु बिगारी रहने, श्रीङ्खलाबद्ध ढंगले अलोकप्रिय निर्णयहरु गर्दै जाने, एकलकाटे मुढी मानशिक रोगि हुन, भने धुर्त प्रचण्ड यहि विचमा शाविक एमालेका नेताहरुविच बिभिन्न कार्डहरु फालिरहने, नेताहरु झुक्कीरहने, ओलीको कमजोरीहरुद्वारा परेको प्वालहरु टाल्नुको सट्टामा झन् झन् औलाहरु घुसाइरहने, यसैविच भित्रभित्र अघोषित शित युद्ध हुनुले वर्तमान सरकार र नेताको भन्दा पनि बढी चाही सिंगो नेकपा जनताको नजरमा नाङ्गिने पक्का छ ।
यहि क्रममा थप शंकाको खिचडीहरु पाक्दै जानु, एक अर्कामा अविश्वाश बढदै जानु, पक्कै पनि शुभ संकेत हुदै हैन । यहि क्रममा बरिष्ठ नेताहरुलाई तीव्र गतिमा पार्टी अध्यक्ष र प्रधानमत्री बन्ने लोभ जाग्नुले पनि धेरै कुरा बिग्रिन लागेको हो ,अनलाईन र सामाजिक संजालहरुमा चल्न थालेको जुहारिहरु यसैको उपजहरु हुन । तर पनि भत्कि हालेको भने छैन । मान्छे हो गल्ति हुन्छ नै, त्यसलाई आकाश नै खसेको धर्ति नै पल्टेको झैँ बहशको बिषय नबनाऔ ।
अबको दिनमा ओलिको बोलिमा ओझ हुनै पर्छ । बाल हठहरु त्याग्नै पर्छ, प्रचण्डले केटाकेटीको झै लाग्ने चकचके गतिविधि त्याग्नै पर्छ । ए बाबा गाडी गुडाउनुमा समस्या आई हाले चालकलाई सह–चालकले त सहयोग गर्छ्न भने कम्रेड प्रचण्ड ज्यु तपाई त समान हैसियतको पाईलट हैन र ?
अहिलेको समय राष्ट्रियता कसरी बलियो बनाउन सकिन्छ र कोरोना सितको लडाई कसरी जित्न सकिन्छ भन्ने महत्वपूर्ण हो । समय रहदै नेतृत्व उदार बन्नुहोस, कार्यकर्ताहरु संयम बन्नुहोस, घरको धुरी पनि फाटन सुरु हुने, घडेरिदेखी पनि धमिरा एकै साथ लाग्न थाल्यो भने ढल्ने आयु नजिकिन्छ रे ? उसो हुँदा अन्यथा नेकपाको दोश्रो पुस्ताका नेताहरुको भविष्य पनि कांग्रेसका युवा नेताहरुको भविष्यसँग मिल्ने पक्का हो । ठुलो परिवारमा घर किचलो हुनु स्वाभाविक हो सकेसम्म हल्ला बाहिर आउन नदिऔ भित्रै मिलाऔ, सक्दै नसके कम्तिमा महाधिवेशनसम्म पर्खिने धैर्यता राखौ यसैमा सबैको भलाई हुनेछ कि ?
यति देखेर लेखे, बोले वापत वहाँहरु सम्बद्ध स्थानीय स्तरदेखि केन्द्रियस्तरका नेता तथा कार्यकर्ताहरुले प्रदान गर्नुहुने सामाजिक, साँस्कृतिक, राजनैतिक, कुटनैतिक, भौतिक, मानसिक, आर्थिक दण्ड र पुरस्कार ग्रहणको निम्ति अग्रीम रुपमै स्वीकार गर्न मानशिक रुपमा तयार रहेको अग्रीम जानकारी पनि गराउदछु । लेखक सामाजिक अभियन्ता तथा नेपाल तरुण दल खोटाङका उपाध्यक्ष सन्जय कुमार राई हुन् ।२०७७ बैशाख २९ गते बिहान १० :५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology