• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसियामा थप ३४ जना नेपालीलाई कोरोना सङ्क्रमण

मलेसियामा थप ३४ जना नेपालीलाई कोरोना सङ्क्रमण


समायोजन खबर
  • आइतबार, बैशाख २८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ, मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिनुभयो ।सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको पनि उहाँले बताउनुभयो । सङ्क्रमित सबै जना पुरुष रहेका छन् । मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।यस्तै मलेसियामा कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको आवागमन नियन्त्रण आदेश(लकडाउन) चार हप्ता थपिएको छ । यसअघि १२ मेसम्म तोकिएको लकडाउनको समय चार हप्ता थप्दै जुन ९ सम्म लम्बाइएको हो ।२०७७ बैशाख २८ गते साँझ ७ :०७ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology