• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भिनाजुको हत्या गर्ने दुई जना सालो पक्राउ

भिनाजुको हत्या गर्ने दुई जना सालो पक्राउ


समायोजन खबर
  • शुक्रबार, बैशाख २६ २०७७

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,खोटाङमा भिनाजुको हत्या गर्ने सालो पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखाने शिरानका ४७ वर्षीय प्रितिलाल राईलाई ढुङगा र भाटाले टाउकोमा हानेर हत्या गर्ने एक जना सालो र घट्नामा संलग्न अर्को एकजना सालो पक्राउ परेका हुन् ।

    बिहीबार साँझ ७ बजे आसपासमा बाटोमा हिडिरहेको अवस्थामा झगडा गरेर प्रितिलालाई ढुङगा र भाटाले हानेर हत्या गर्नेे २७ वर्षीय मिलन राई पक्राउ परेका छन् । मिलनसँगै घट्नामा संलग्न उनका भाई २० वर्षीय जीवन राईलाई पनि पक्राउ गरिएको श्रोतले जनाएको छ । मिलन र जीवन नाताले प्रितिलालका सालो हुन् ।

    हत्यामा संलग्न दुवैलाई जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बाक्सिला र प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइदैछ । परिक्षणका लागि मृतकको शव पनि जिल्ला अस्पताल दिक्तेल ल्याइदैछ ।

    प्रितिलालले कान्छी श्रीमतीका रुपमा मिलन र जीवनका दिदी विवाह गरेका थिए । विवाहपछि श्रीमती र सासुको हत्या गरी जेल भुक्तान गरेर निस्केका प्रितिलिाल तराईमा जेठी श्रीमतीसँग बसोबास गर्दै आएका थिए । जग्गा जमिन हेर्न उनी गाउँ आएको बुझिएको छ । २०७७ बैशाख २६ गते अपरान्ह ४ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology