• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना कहर : कम संख्यामा साकेला र देवाली मनाइने

कोरोना कहर : कम संख्यामा साकेला र देवाली मनाइने


समायोजन खबर
  • बुधबार, बैशाख २४ २०७७

  • कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा सहभागी ।

    समायोजन खबर खोटाङ, खोटाङमा कम संख्याको उपस्थितिमा साकेला र देवाली लगायतका चाडवाड मनाउने निर्णय गरिएको छ । किरात राई समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायतका चाडवाड नजिकिँदै गरेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको मंगलबार बसेको बैठकले न्यूनतम कम संख्याको धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

    बढि भीडभाड हुँदा एकबाट अर्को जनामा कोरोना भाइरसको संक्रमण फैलिने खतरा देखिएकाले साकेला, देवाली लगायतका चाडवाडलाई विधिकारुपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढिको उपस्थिति नगर्न/नगराउन तथा दुई व्यक्तीबीचमा अनिवार्य न्यूनतम १ मिटरको सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।
    बैठकमा सहभागी विभिन्न जातीय संगठनका प्रतिनिधिले पनि बढिमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमती जनाएका छन् । लकडाउनका कारण कतिपय हिन्दुधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।२०७७ बैशाख २४ गते बिहान ७ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology