• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसियामा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न दूतावासको आग्रह

मलेसियामा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न दूतावासको आग्रह


समायोजन खबर
  • मंगलबार, बैशाख २३ २०७७

  • फायल तस्विर

    समायोजन खबर काठमाण्डौ, मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ ।  विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।

    दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिन्छ । त्यसमा दिइएका सबै विवरणहरु नछुटाएर भर्न र अन्तिममा सबमिट बटनमा थिच्न दूतावासको अनुरोध छ । यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ ।

    जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।यस विवरणले अवैधानिक भएकाहरुको तथ्यांक बुझ्न पनि सहयोग मिल्ने दूतावासले जनाएको छ । विवरण भर्न यसमा क्लिक गर्नुहाेस ।  

    २०७७ बैशाख २३ गते साँझ ५ :४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology