• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विदेशमा रहेका नागरिकलाई उद्धार गर्न आग्रह

विदेशमा रहेका नागरिकलाई उद्धार गर्न आग्रह


समायोजन खबर
  • शनिबार, बैशाख २० २०७७

  • कोरोना भाइरस संक्रमण तथा नियन्त्रण स्थानिय कार्यदलको बैठक ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विदेशमा रहेका गाउँपालिकाका नागरिकलाई यथासिघ्र उद्धार गरिदिन आग्रह गरेको छ । बैदेशिक रोजगारी र अन्य कामको सिलसिलामा विदेशमा समस्यामा रहेका आफ्ना नागरिकलाई उद्धारका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको हो ।
    शनिबार गाउँपालिकाको कार्यालयमा बसेको कोरोना भाइरस संक्रमण तथा नियन्त्रण स्थानिय कार्यदलको बैठकले पिडितका लागि तत्काल उपचारको ब्यवस्था मिलाउन, रोजगारीको ग्यारेन्टी गर्न र यथासिघ्र उद्धार गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड १९)को महामारी बिश्वब्यापी रूपमा फैलिएको र त्यसबाट आफ्नो गाउँपालिकाका नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित भएकाले यथासिघ्र उद्धारका लागि अनुरोध गरिएको जनाइएको छ ।

    सो गाउँपालिकाबाट १ हजार ८७ जना ब्यक्तिहरु विभिन्न मुलुकमा रोजगारीका लागि गएकोे गाउँपालिकासँग डाटा छ । ति मध्ये १५९ जना कोरोना भाइरसका कारण समस्यामा परेको जानकारी प्राप्त भएको र उनीहरुको तत्काल उद्धार गरिदिन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिकाकै २ जना ब्यक्तिमा कोरोना संक्रमित भएको र उनीहरुले उपचार नपाइरहेको अवस्था छ । अध्यक्ष राईले भने, ‘उपचार पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’२०७७ बैशाख २० गते साँझ ७ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology