• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सङ्कटको घडीमा पत्रकार निस्काशन तथा तलब कटौति नगर्न आग्रह

सङ्कटको घडीमा पत्रकार निस्काशन तथा तलब कटौति नगर्न आग्रह


समायोजन खबर
  • शुक्रबार, बैशाख १९ २०७७

  • समायोजन खबर खोटाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकार निस्काशन तथा तलब कटौति नगर्न सम्बन्धित सञ्चार माध्यमलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चार माध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नुका साथै तलबसमेत कटौति गरेको अवस्थामा त्यसो नगर्न आग्रह गरेको हो ।

    भिडियो कन्फ्रेन्समार्फत बिहीबारसाँझ बसेको फोनिज संघीय समितिको बैठकले सबै खाले सञ्चार गृहलाई विशेष राहत प्याकेज दिन सबै तहका सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिएको फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । “नेपालमा लागू गरिएको लकडाउनको मार अहोरात्र खटिने श्रमजीवि पत्रकारमासमेत परेको छ”, उहाँले भन्नुभयो, “जनतालाई सूसुचित गराउने पत्रकारको प्रोत्साहनका लागि भएपनि विशेष राहत प्याकेज उपलब्ध गराउन जरुरी छ ।”

    लकडाउनका कारण भेला हुन नसकेपछि प्रविधिको प्रयोग गरेर बसेको फोनिजको बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्ने, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय पत्रको आधारमा पत्रकारलाई निर्वाध रुपमा समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गर्ने, सङ्कटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्ने लगायतका निर्णय गरिएको छ । कोरोनाको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउन पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठनको सबै प्रदेश समितिलाई भर्चुअल बैठक गर्न आग्रहसमेत गरिएको फोनिजका महासचिव मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
    फोनिज संघीय समितिको बैठकले कोरोना भाइरसको असरका कारण रोकिएको जिल्ला शाखाको साधारणसभा अनुकुल परिस्थिति बनेलगतै सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । बैठकमा फोनिजका सात वटै प्रदेश प्रमुखहरुले आ–आफ्नो क्षेत्रमा गरिएका क्रियाकलापको बारेमा मौखिक प्रतिवेदन पेश गर्नुभएको थियो ।२०७७ बैशाख १९ गते बिहान ११ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology