४ असार, सोलुखुम्बु –
नेकपा एमालेले सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा आङ इगेले झलक शेर्पालाई उम्मेदवार बनाउने सम्भावना बढेको छ । प्राबिधिक कारणवश पूर्व घोषित उम्मेदवार आङ दामी शेर्पा उम्मेदवार बन्न नपाउने भएपछि एमालेवाट झलक शेर्पा उम्मेदवार बन्ने सम्भावना बढेको हो

नेपालको संविधानमा उल्लेख भए बमोजिम शेर्पाले अमेरिकाको पिआर त्यागेको समय पुरा नभएकोले उम्मेदवार परिवर्तन गरिन लागेको हो । जिल्लामा फेरिपनि सर्वसम्मत् उम्मेदवार चयन हुने सम्भावना न्युन देखिएपछि पार्टीको माथिल्लो निकायले नै उम्मेदवार टुंगो लगाउनेछ । “सबैका बिषयमा छलफल भइरहेको होला, झलक जीको नाम आयो भने पनि सहज रुपमा लिनु पर्छ” एक नेताले भने ।
यस अघिको सात जना आकांक्षीमा नाम नरहेका झलक शेर्पालाई योग्यता, पार्टीमा गरेको योगदान, क्षेत्रगत तथा जातिगत सबै पक्षको बिश्लेषण गरी उम्मेदवार बनाउन लागिएको एमाले श्रोतले जानकारी दियो । “जुनसुकै नाममा पनि पार्टी भित्र छलफल हुन सक्छ, सबै जना साथीहरु प्रमुखका लागि योग्य हुनुहुन्छ, जसको नाम आएपनि पार्टी एक ढिक्का भएर अघि बढ्छ” एक एमाले नेताले भने ।
यस अघि दुई पटक संसदीय निर्वाचनमा नेकपा एमालेवाट उम्मेदवार बनेर पराजित भएका शेर्पा बौद्धिक व्यक्तिको रुपमा चिनिनुहुन्छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ घर भएका शेर्पाले कम्युनिष्ट राजनीतिमा लामो समय योगदान गरे पनि पछिल्लो समय सक्रीय देखिनुभएको थिएन । यस अघि आकांक्षी नरहेका झलक शेर्पाको बिषयमा बहस हुन थालेपछि आकांक्षीहरुले भने व्यंग्यात्मक रुपमा टिप्पणी शुरु गरेकाछन् । नेकपा एमाले जिल्ला कमिटीका उपसचिव रामकाजी श्रेष्ठ, नेताहरु बच्चुनारायण श्रेष्ठ, दोर्जी जाङ्बु लामा, सन्तोष मगर लगायत् प्रमुख उम्मेदवारका आकांक्षी छन् ।
यसै बीच एमाले सेालुखुम्बुले हिजेा आङ ईगेले शेर्पा झलक र उपमेयरमा कल्पना राई सहित १० ओटै वार्ड मा उम्मेदवारी दर्ता गरेकेा छ । जस अन्तर्गत क्रमश १) रिन्जी फुर्वा शेर्पा २) सोनाम ग्याल्जेन लामा ३ ) गोपाल मगर ४) छिरिङ तेन्जिङ लामा ५) मिङमार तामाङ ६) रामकुमार श्रेष्ठ ७) लालमान श्रेष्ठ ८) पासाङ कटुवाल ९ ) देण्डी तामाङ र १० मिङमार छिरी शेर्पा रहेकाछन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology