समायोजन खबर काठमाडौं, कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ ।
कोरोना भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको मृत्यु भएको छ भने ८ लाख ३९ हजार ६ सय ७५ जना संक्रमित भएका छन् । अमेरिकामा ७७ हजार ३ सय ६६ जना निको भएर घर गएका छन् । अमेरिकाको न्युयोर्क शहरमा मात्र १५ हजार ७४ जनाको मृत्यु भएको छ ।
इटलीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ भने एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् । स्पेनमा २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ भने २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् ।
फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।२०७७ बैशाख ११ गते बिहान ८ : ३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology