समायोजन खबर काठमाण्डौ, केही दिनयता प्रिमनसुनी गतिविधि सक्रिय भएको छ । बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्नु प्रिमनसुनको विशेषता हो ।
प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको छ । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने उनले बताए । यस्तै प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उनले बताए ।
सोमबार देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।२०७७ बैशाख ८ गते बिहान ८ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology