समायोजन खबर खोटाङ, खोटाङको उत्तरी क्षेत्रमा अवस्थित ऐंसेलुखर्क गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण लागि १० बेडको क्वारेन्टाइन र सात वटा वडामा ५/५ बेडको क्वारेन्टाइन बनाएको छ ।
पाँच स्थानमा हेल्थडेस्क स्थापना गरेर स्क्रिनिङ गरिरहेको छ । लकडाउन चलिरहेको छ, मानिसहरुले आवतजावत गर्न पाएका छैनन्, स्वास्थ्यकर्मीहरु खटिरहेका छन् लगायत सम्पूर्ण विषयमा केन्द्रीत रहेर ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलासँग समायोजन खबर डटकमले गरेको कुराकानीको संम्पादीत अंश ।
लकडाउनको अवस्था कस्तो छ ।
हाम्रो गाउँपालिकामा लकडाउनको अवस्था एकदम राम्रो छ । सवैले पालना गरेका छन् । प्रभावकारी देखिएको छ ।
लकडाउन गाउँघरसम्म प्रभावकारी बनाउन के उपाय अपनाइरहनु भएको छ ।
सुरुबाट नै सबै वडामा माइकिङ गरिरहेका छौ, अहिले पनि निरन्तर छ । स्वास्थ्य संस्थामार्फत पनि सचेत बनाउन जानकारी गरायौ । भोजभतेर, सभा, सम्मेलन, भेला, जम्मा नहुनुहोस, मेला नलगाउने भनेर पत्राचर ग¥र्यौ । सञ्चार माध्यमबाट सूचना प्रसारण गरेका छौ । त्यसले गर्दा गाउँपालिकाको सवै वडामा व्यवस्थित तरिकाले सवैले साथ सहयोग दिएर लकडाउन पालना गरिरहेको अवस्था छ ।
बाँकी लकडाउनलाई अझ प्रभावकारी बनाउन के उपाय अपनाउनु हुन्छ ।
समाचारहरुमा अझै लकडाउन लम्बिने जस्तो सुनिन्छ । त्यसो भएमा अझै व्यवस्थित गरेर सचेत बनाउनतर्फ लाग्छौ ।
कतीजना क्वारेन्टाइन, कतीजना होम क्वारेन्टाइनमा राख्नु भएको छ ।
क्वारेन्टाइनमा राखेको छैन । होम क्वारेन्टाइनमा चाँहि जति पनि बिदेशबाट आएका थिए । उनीहरुको स्वास्थ्य परिक्षण गरी होम क्वारेन्टाइनमै छन् । तर, उनीहरु पहिल्यै आएको र १४ दिन नाघेको हुनाले त्यस्तो संकास्पद मान्छेहरु देखिएको छैन । बिदेशमा बसेर आउनेहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौ । घरघरमै गएर उहाँहरुको लागि ३/३ दिनमा स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई पाएका छन कि छैन ।
सवै स्वास्थ्यकर्मीलाई गाउँपालिकाको तर्फबाट स्वास्थ्य सामग्री वितरण गरेका छौ । प्राथमिक स्वास्थ्य केन्द्रमा तीन थान, प्रत्येक स्वास्थ्य केन्द्रमा १/१ थान र हेल्थ डेस्कमा पनि वितरण गरेका छौ । ६ लाख जतिमा पिपिई, मास्क, थर्मोमिटर, सेनिटाइजर लगायत किनेर ल्याएका हौ । स्वास्थ्य सामग्री एकदम महंगो भयो, जुन स्थानबाट हामीले सामग्री खरीद गरेका थियौ । चित्त नबुझेर त्यस विरुद्ध काठमाण्डौ प्रशासनमा उजुरी पनि दिएका छौ ।
कोरोना महामारीसँग जुधिरेहेको स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने केही व्यवस्था गुर्नभएको छ ।
स्वास्थ्यकर्मीहरु लागि प्रोत्सहान भत्ताको माग आएको थियो । लकडाउनको अवस्था बड्दै गएमा बिचार गर्ने कुरा हो । भत्ता दिने नै भन्ने निर्णय भएको छैन तर, खटे वापत सामान्य भत्ता दिने व्यवस्था गर्छौ ।
तपाईको स्थानीय तहमा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ।
यस गाउँपालिकाका अधिकांश जनता कृषिमा निर्भर रहेकाले खाद्यको त्यस्तो संकट छैन । बजारहरुमा खाद्यान्न मौज्दातका बारेमा बुझ्न वडाध्यक्षलाई भनेको छु । बजारमा पनि हाललाई त्यस्तो समस्या छैन ।
लकडाउनले दैनिक ज्यालादारी गर्नेको गाँस गुमेको छ । उनीहरुलाई के व्यवस्था गर्नुभएको छ ।
हामीले सातै वडामा लकडाउनका कारण खान नपाएका परिवारहरुको पहिचान गरेर ५६८ घरलाई चाँहि १५ केजी चामल, २ केजी नुन र दाल वितरण गरेका छौ । तरकारीहरु त उहाँहरुकै करेसाबारीमा प्रशस्त नै छ । लकडाउनका कारण बेरोजगार बनेकाको पहिचान गर्ने र राहतको प्याकेज बनाउने तयारी पनि गरिरहेका छौ ।
एक स्थानीय तहबाट अर्को स्थानीय तह जानसमेत सरकारले रोक लगाएको अवस्था छ त्यसलाई कसरी हेर्नुभएको छ ?
हाम्रोमा सोलुखुम्बुबाट आवतजावत गर्ने धेरै नाकाहरु छन् । त्यहाँ हेल्थ डेस्क राखेका छौ । अत्यावश्यक काममा आएका उहाँहरुलाई सोधपुछ गरेर स्वास्थ्य परिक्षण गरेर आउन दिएका छौ । सोलुको लोखिम, जुबुबाट खाद्यान्नका लागि आएका गाडी र मान्छेलाई आवतजावत दिएका छौ, अन्यलाई सबैलाई रोक लगाएका छौ ।
तपाईको चाँहि लकडाउन अनुभव कस्तो छ ?
लकडाउनलाई हामीले साथ दिएर सजकता, सर्तकता अपनाउन कोशिष गरेका छौ, गरिरहेका छौ । लकडाउनलाई प्रभावकारी बनाएर सबै सुरक्षित रहन अझै हामीले प्रयास गर्नुपर्छ होला । यो समयमा धेरै समस्या र चुनौती आउँदा रहेछन् । कोही विरामी भनेका छन्, कोही खान पाइएन भन्ने विभिन्न किसिमका बहाना बनाएर आउने जाने प्रयास गरेको देखिन्छ ।
हामीले यसको नगरौ भोली जोखिम निम्त्याउनका लागि हामी अग्रसर हुनुहुदैन, अहिलेको तपाई हाम्रो लापरवाहीले गाउँ नै सकिन्छ भन्ने कुरा हामीले भनिरहेका छौ, सम्झाउने, बुझाउने गरिरहेका छौ । अनुभव त कडाइका साथ यसलाई कार्यान्वयन गर्नुपर्छ, यो गर्दा नै कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने गरिरहेको छु । २०७७ बैशाख १ गते बिहान १० : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology