• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउदी अरब : चार नेपालीमा कोरोना सङ्क्रमण

साउदी अरब : चार नेपालीमा कोरोना सङ्क्रमण


समायोजन खबर
  • सोमबार, चैत्र २४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस भाइरसको सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    साउदी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ । पछिल्लो ४८ घण्टामा तीन सय ४० भन्दा धेरैमा सङ्क्रमण देखिएको छ । राजधानी रियादमा मात्र आइतबार ६६ जनामा सङ्क्रमण देखिएको बताइएको छ ।

    साउदी मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि सङ्क्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।२०७६ चैत २४ गते बिहान ८ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology