• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मस्तिष्कघातका बिरामीलाई आर्थिक सहयोग

मस्तिष्कघातका बिरामीलाई आर्थिक सहयोग


समायोजन खबर
  • शनिबार, फाल्गुन २४ २०७६

  • समायोजन खबर खोटाङ,
    प्रवासीहरुको सामाजिक संस्था खोटाङ सेवा समाज कतारले मस्तिष्कघातका बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका कुमार पुरीलाई आर्थिक सहयोग गरेका हुन् ।

    मस्तिष्कघातका शिकार बनेका पुरीका लागि उपचार खर्च जुटाउन उनकै आफन्त उत्तर कुमार पुरी, कृष्ण बहादुर बन, यादब पुरीको संयोजकत्व र समाजको पहलमा कतारमा एक लाख सहयोग रकम संकलन गरिएको थियो । संकलन भएको सहयोग रकम २४ फागुनमा अस्पतालमै पुगेर खोटाङ सेवा समाज काठमाडौंका पदाधिकारी तथा समाजसेबी कासीनाथ आचार्य लगायतले रकम हस्तान्तरण गरेका छन् ।

    आर्थिक अवस्था नाजुक रहेका पुरीको थापाथली नर्भिक अस्पताल काठमाण्डौमा उपचार भईरहेको बिरामीका आफन्त तथा खोटाङ सेवा समाज कतारका कार्यसमिति सदस्य यादब पुरीले बताए । संस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै सेवा र सहयोगमा कदम मिलाउदै खोटाङ सेवा समाज कतार अगाडी बढीरहेको छ । आर्थिक सहयोग जुटाउने अभियानमा संस्थाका सम्पूर्ण पधाधिकारिहरुको सक्रियता र कतारमा कार्यरत सहयोगी भाबनाका केहि व्यक्तिहरुमार्फत आर्थिक सहयोग संकलन गर्न संम्भव भएकोे संस्थाका अध्यक्ष्य रुद्र शर्माले बताए ।
    २०७६ फागुन २४ गते दिउँसो १ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology