समायोजन खबर काठमाण्डौ
आज उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
आज बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । शनिबार देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ । २०७६ फागुन १५ गते बिहान ७ :३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology