• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘बाहाने पोखरी महोत्सव’को तयारी पूरा

‘बाहाने पोखरी महोत्सव’को तयारी पूरा

मंगलबारबाट महोत्सव सुरु


समायोजन खबर
  • आइतबार, फाल्गुन ११ २०७६

  • राखावाङदेलमा अवस्थित ऐतिहासिक बाहाने पोखरी । तस्विर सौजन्य विश्वनाथ निरौला ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा अवस्थित ऐतिहासिक बाहाने पोखरीको प्रचारप्रसार गर्दै पाँचदिन मनाईने ‘प्रथम बाहाने महोत्सव’को तयारी पूरा भएको छ । “बाहाने पोखरी ऐंसेलुखर्क गाउँपालिकाको शान, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथमा मनाईने महोत्सवको सम्पुर्ण तयारी पूरा भएको हो ।

    पानीको मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने अग्लोडाँडामा दुई सय मिटर क्षेत्रफलमा फैलिएको बाहाने पोखरीको नामबाट मंगलबारदेखी मनाईने महोत्सवका लागि पोखरीसम्म पुग्ने सडक, स्टल र स्टेज निर्माण भइसकेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । पिउने पानी, विधुत व्यवस्थापन तथा प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि टुंगो भईसकेको अध्यक्ष निरौलाले समायोजन खबर डटकमलाई बताए ।
    परापुर्वककालदेखी नै पहिचान भएको पोखरी आसपासमा मनाईने महोत्सवमा प्राकृतिक बाहाने पोखरी अवलोकन, शङ्खे ढुङ्गा, नाग ढुंगा, स्तुपाहरु, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, दुर्लभ हिमाली जन्तु चौरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फुलको अवलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचोङसम्म पदयात्रा गरिनेछ । यस्तै, खुल्ला वडास्तरीय महिला/पुरुष भलिवल, मिनि म्याराथन दौड, खुल्ला पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता, खुल्ला लोकदोहोरी, खुल्ला बुद्धिचाल प्रतियोगिता हुनेछ ।

    महोत्सवकै अवसरमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी, सांगीतिक कार्यक्रम, स्थानीय कृषि उपजहरुको प्रदर्शनी, स्थानीय खानाका परिकारको स्वाद चाख्न पाइनेछ । १७ फागुनसम्म पोखरी आसपासमा महोत्सव मनाउँदा आफैमा ऐतिहासिक वाहाने पोखरीले सवैको ध्यान केन्द्रीत गर्ने र पर्यटकीय क्षेत्रमा रुपान्तरण हुने गाउँपालिकाको अपेक्षा छ । मनमोहक पोखरीबाट खोटाङको अधिकांश स्थान र छिमेकी जिल्लाहरु अवलोकन गर्न सकिन्छ ।

    पोखरीमा जनैपूर्णिमा, मंसिर पूर्णिमामा धामी झाँक्री आउने, भाकल गरेका दर्शनार्थीहरु आउने र ठूलो मेला लाग्ने गर्दछ । पोखरीकै आसपासमा नयाँ वर्ष तथा विदाको समयमा ठूलो संख्यामा युवायुवतीहरु पिकनिक जाने गरेका छन् । पोखरीको पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपाहरु छन् । केही माथि अन्य आकृतिका संरचना र पोखरी आसपासका गाउँवस्तीमा चौरी, याक, भेडाहरु पाईने भएकाले बाहाने पोखरी पर्यटकीय हब बन्नेछ ।
    २०७६ फागुन ११ गते बिहान ७ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology