• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको उच्च भूभागमा हिमपात

खोटाङको उच्च भूभागमा हिमपात


समायोजन खबर
  • शनिबार, पौस १९ २०७६

  • रुपाकोट डाँडामा परे हिउँ । फायल तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    पश्चिमी न्यूनचापीय वायुको प्रभावले खोटाङको विभिन्न भूभागमा भारी हिमपात भएको छ । शुक्रबार मध्यान्हपछि पानी परेर रातको समयमा जिल्लाको उच्च भूभागहरुमा भारी हिमपात भएको हो । हिमपातका कारण शनिबार बिहानैबाट अत्याधिक चिसो हावा चलेको छ ।


    नुनथलाको टोड्के जंगल, गोपेनी, हौचुर, मुढेडाँडा, रुपाकोटडाँडा, पैयाँ, लाली, खार्मीको उच्च माग, राखावाङ्देलको उच्च भागहरु, दोर्पा चिउरीडाँडा, निर्मलीडाँडा, नेर्पाको उच्च भेग, रतन्छा, छितापोखरी, वाप्लुखा, खिदिमा, ट्याम्केडाँडा लगायतका उच्च भेगहरुमा हिमपात भएको स्थानीयहरुले जानकारी दिएका छन् ।

    हिमपातका कारण जनजीवन प्रभावित भएको छ । किसानहरु भने हर्षित भएका छन् । गत वर्षमा खोटाङमा १५ माघ र १६ फागुनमा भारी हिमपात भएको थियो ।


    २०७६ पौष १९ गते बिहान ८ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology