• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तयामा, खियामाका भाइ रैछाकुले

तयामा, खियामाका भाइ रैछाकुले


समायोजन खबर
  • शुक्रबार, पौस १८ २०७६

  • किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा र रैछाकुले । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    तयामा (नाना) खियामा (वैनी) र रैछाकुले (भाइ) किराती सभ्यताका आदिम पुर्खाहरु हुन् । तीनै जना पुर्खाहरुको प्रतिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा समुन्द्री सतहबाट १७ सय ५८ मिटर उचाईमा पर्ने किराती सभ्यताको आदिम उद्गम थलो तुवाचुङ जयाजुमडाडाँमा राखिएकोे छ ।

    हलेसीपछि आन्तरिक र वाह्य पर्यटनका लागि जिल्लामा सवैभन्दा वढि विकसित हुदै गएको स्थानमा पर्दछ तुवाचुङ जयाजुमडाडाँ । आँफैमा उचाइमा रहेको तुवाचुङ जयाजुमडाडाँ पौराणिक किंवदन्ती, प्राकृतिक तथा कृतिम विभिन्न धार्मिक संरचनाहरुले चर्चामा छ । किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतिमा प्रतिस्थापन र यातायात सुविधाका कारण यहाँ आउने मानिसको चाप उल्लेख्य छ । दिक्तेल–हलेसी सडकलाई काखमा बोकेर उभिएको डाडाँमा पुग्न सडकबाट माथिसम्म नगरपालिकाले रेलिङसहितको सिढी निर्माण गरिदिएको छ ।

    किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा । तस्विर चिसाङ शेर्पा

    किराती किंवदन्ती अनुसार पातेसुङले दुई श्रीमती विवाह गरेका थिए । किरात राई यायोक्खाका सदस्य तथा स्थानिय रकम रोदुङका अनुसार दिलीदुङका छोराछोरी तयामा, खियामा, रैछाकुले भाइ हुन् । अर्का श्रीमती डाकुहमा चाँहि निसन्तान थिई । तुवाचुङ जयाजुममा किराती चेलीद्धय तयामा, खियामा दिदी बहिनीले कपास छर्ने र तान बुन्ने काम गर्थे ।

    भाइ रैछाकुले वरीपरी डाडाँमा शिकार खेल्ने गरेका कुरा पौराणिक किंवदन्ती छ । किरातीहरुको आदिम उद्गम थलो, औधोगिक क्रान्तीको युग र मानवीय पोशाकको सुरुवात भएको तुवाचुङ जयाजुमबाट नै अन्नको पहिचान भएको कथन पाईन्छ ।

    किराती सभ्यताका आदिम पुर्खा रैछाकुले । तस्विर चिसाङ शेर्पा

    तयामा खियामाका भाइ रैछाकुले डाडाँमा ढुकुर, चराचुरुङगीको शिकार गर्दथे । उनले चराचुरुङ्गीको गाँडमा भएको मकै, कोदो, जमिनमा फाल्दा उम्रेकोे देखे । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इबन राईले भने, ‘चराले खानेकुरा मान्छेले पनि खान हुन्छ भन्ने शिक्षा उनै रैछाकुलेबाट आएको हो ।’


    तुवाचुङ जयाजुमडाडाँमा तान बुन्ने स्थान अहिले पनि अवलोकन गर्न सकिन्छ । सोही नगरपालिकाको महादेवस्थान वडाको नागिबाट २० मिनेटको जंगल छिचोलेपछि क्रमशः तान बुन्ने स्थान, तयामा खियामाको प्रतिमा, साकेला थान, रैछाकुलेको प्रतिमा, वाबु (चिण्डो), भुमे थान देख्न सकिन्छ । किराती समुदायले यहाँ उभौली र उधौली साकेला पर्व मनाउछन् ।


    किराती सभ्यताको उद्गम थलो तुवाचुङ जयाजुम डाडाँबाट उत्तरतर्फ सल्ले, ओखलढुंगा, सोलुखुम्बु, सगरमाथा दक्षिणमामा सुनकोशी नदी, मनमाया राई खानीडाडाँ विमानस्थल, कालिका भगवती मन्दिर, मझुवागढी, कटारी, सिराह, सप्तरी, सप्तकोशी, भारदह लगायत पुर्वका १६ जिल्ला नियाल्न सकिन्छ ।
    २०७६ पुस १८ गते बिहान ९ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology