• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रवेशद्धारको उद्घाटन गरी भ्रमण वर्षको शुभारम्भ

प्रवेशद्धारको उद्घाटन गरी भ्रमण वर्षको शुभारम्भ


समायोजन खबर
  • बुधबार, पौस १६ २०७६

  • प्रवेशद्धारको उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल लगायत । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा नेपाल भ्रमण वर्षको पहिलो दिन भ्रमण वर्षको लोगो राखेर बनाइएको प्रवेशद्धारको उद्घाटन गरिएको छ । भ्रमण वर्ष सन् २०२० को अवसर पारेर दिक्तेलबजारको प्रवेशद्धार किरातचोक (रत्नपार्क) मा निर्माण गरिएको प्रवेशद्धारको उद्घाटन गरिएको हो ।


    गोल्डेन गुड शेर्पा कन्ट्रक्सनले निर्माण गरिदिएको गेटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५ लाखमा फिनिसिङको काम सकेर बुधबार दिउँसो नगरप्रमुख दिपनारायण रिजालले प्रवेशद्धारको उद्घाटन गरेका छन् । कन्ट्रक्सनले जग र पिल्लर बनाएको प्रवेशद्धारमा नगरपालिकाले थप भौतिक संरचना र अन्य रंगरोगनका काम गरेको छ ।

    प्रवेशद्धारमा भ्रमण वर्षको लोगो, डिजिटल बोर्ड, नेपालको दुईवटा झण्डा, पित्तलको गजुर, घढा र दुवै पिल्लरमा नगरपालिकाभित्रको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थलहरु र विभिन्न साँस्कृतिक झाँकीहरुको फोटो राखिएको छ । प्रवेशद्धार उद्घाटनसँगै नगरपालिकामा नेपाल भ्रमण वर्षको शुभारम्भ भएको छ ।
    प्रवेशद्धार उद्घाटनसँगै नगपालिकाभित्रको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थलहरु अंकित स्टीकरहरु लामो तथा छोटो दुरीमा चल्ने गाडीहरुमा टाँस गरिएको छ । भ्रमण वर्षको शुभारम्भमा प्रवेशद्धार उद्घाटन र स्टीकर टाँस कार्यक्रमले नगरभित्रको पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने नगरप्रमुख रिजालले बताए । चिटिक्कको प्रवेशद्धार बनेपछि आगन्तुक पाहुनाहरुलाई दिक्तेलबजार प्रवेशमा अब कुनै संकोच नहुने बताइएको छ ।
    २०७६ पुस १६ गते साँझ ७ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology