• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नम्वर १ मा खोटाङबाट भ्रमण वर्षको शुभारम्भ (६ फोटोसहित)

प्रदेश नम्वर १ मा खोटाङबाट भ्रमण वर्षको शुभारम्भ (६ फोटोसहित)


समायोजन खबर
  • बिहिबार, पौस १० २०७६

  •  दिप प्रज्ज्वलन गरेर भ्रमण वर्षको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दास । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ कार्य समितिले खोटाङको दिक्तेलबाट नेपाल भ्रमण वर्षको शुभारम्भ गरेका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण सन् २०२० लाई प्रचारप्रसारमा जोड दिन र प्रवद्र्धन गर्न महासंघको प्रदेश नम्बर १ कार्य समितिले बिहीबार दिक्तेलबाट औपचारिक रुपमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।


    प्रदेश नम्वर १ का १४ जिल्ला, स्याङजा र भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरुको उपस्थितीमा जिल्ला समन्वय समिति दिक्तेलको सभाहलमा महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासले दिप प्रज्ज्वलन गरी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । भ्रमण वर्षको शुभारम्भपछि अतिथिहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड पुगेका थिए । त्यहाँ पुगेका अतिथिहरुलाई नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राईले खादा ओढाई स्वागत गरेका थिए ।


    भुलभुले दुधकुण्ड पुगेका अतिथिहरुले भुलभुले, रुवालुङ झरना, झाक्रीवास गुफाको अवलोकन/भ्रमण गरेका छन् । दुई दिनका लागि आयोजना गरिएको शुभारम्भ कार्यक्रम अन्तरगत शुक्रबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामै पर्ने ऐतिहासिक मझुवागढी कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफाको अवलोकन भ्रमण गरिने जनाइएको छ ।

    दिउँसो भने, हलेसी तुवाचुङ नगरपालिकामा पर्ने मानव सभ्यताको उद्गमस्थल किराँतीहरुको आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेवस्थान, मारतीका गुम्बा, बसाहा थान भ्रमण गरिने जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ का संयोजक बबि चाम्लिङले बताए । हलेसीमा भ्रमण सकेर दिउँसो पाहुनाहरुलाई विदाई गरिने संयोजक चाम्लिङले बताए ।


    पाहुनाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको चार/चार तथा अन्य आठ गाउँपालिकाको एक/एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु समेटिएको फोटो मायाको चिनो स्वरुप प्रदान गरीने छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ कार्य समितिले खोटाङबाट गरेको शुभारम्भ कार्यक्रमले जिल्लामा १ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको संयोजक चाम्लिङले बताए ।

    कार्यक्रम अवधिभर साढे २ लाख खर्च हुने अनुमान गरिएको छ । शुभारम्भ कार्यक्रमपछि भुलभुले पुगेका पाहुनाहरुले आफूले सक्दो प्रचारप्रसार र प्रवद्र्धन गर्नमा आ,आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    २०७६ पुस १० गते साँझ ६ :१३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology