• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई  इजरायलबाट ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई  इजरायलबाट ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग


समायोजन खबर
  • मंगलबार, जेष्ठ १६ २०७४

  •  

    ललितपुर, जेठ १६।

    नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले म्यागासेसे पुरस्कार प्राप्त महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई लाख ५० हजार सय ५५ रुपैयाँ सहयोग गरेको

    आविष्कार केन्द्रलाई रकम जुटाउन म्यागासेसे पुरस्कारलगायत पदक नै बिक्रीमा राखेका पुनलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को केन्द्रीय कार्यालय ललितपुर कुसुन्तीमा सो रकम आइतबार हस्तान्तरण गरिएको हो सहयोग हस्तान्तरण समारोहमा अध्यक्ष जगतबहादुर बराम नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी योञ्जन तामाङलगायत पदाधिकारीहरूले पुनलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन्

    सहयोगका लागि धन्यवाद दिँदै आफूहरूले हुने खाने वर्गबाट भन्दा दुःख गरेर विदेशमा रहेकाहरू श्रमजीवि निम्न वर्गबाट सहयोग बढी जुटेको कार्यक्रममा पुनले बताए, ‘बैंक, बित्तिय संस्था, उद्योगपति, ब्यापारीबाट अहिलेसम्म कुनै सहयोग आएको छैन ’ ‘पदक बेच्न थाल्यो भनेर दुःख नमान्नुहोस्,’ पुनले थप भने, ‘देशका लागि राम्रो काम गर्न सदुपयोग मात्रै गर्न खोजिएको हो आविष्कार केन्द्रको उद्धेश्य, योजना महत्व सरकारले अहिले ग्रहण नगरे पनि १०÷१५ वर्ष पछि सरकार आफैले यो काम गर्ने विश्वास समेत पुनले व्यक्त गरे

    महासंघका अध्यक्ष बरामले नेफिन इजरायललाई पवित्र कार्यका लागि धन्यवाद दिदैँ आविष्कार केन्द्रको योजना सफलताको शुभकामना दिएका थिए त्यसैगरी, कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले सहयोग जुटाउने नेफिन इजरायललाई धन्यवाद दिइन्

    इजरायल गत मे १३ मा २५६१औँ बुद्ध जयन्ति कार्यक्रममा उठेको रकम आविष्कार केन्द्रलाई हस्तारण गरिएको नेफिन इजरायलका उपाध्यक्ष लक्ष्मी तामाङले बताइन्, ‘इजरायलमा पसिना बगाइरहेका आदिवासी जनजातिहरूले आविष्कार केन्द्रको योजनालाई केही इँटा थप्न मात्रै खोजिएको हो

    @esamata

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology