• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘ऐतिहासिक बहाने पोखरी महोत्सव’ मनाउन तयारी सुरु

‘ऐतिहासिक बहाने पोखरी महोत्सव’ मनाउन तयारी सुरु


चिसाङ शेर्पा
  • मंगलबार, मंसिर २४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा अवस्थित ऐतिहासिक बहाने पोखरीको प्रचारप्रसार गर्दै तीनदिन मनाईने ऐतिहासिक बहाने पोखरी महोत्सवको तयारी थालिएको छ । गाउँपालिकाको शान बनेको ‘बहाने पोखरी’को प्रचारप्रसार र संरक्षणका लागि मनाउन लागिएको महोत्सबको तयारी थालिएको हो ।

     

    पानीको मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने अग्लोडाँडामा २ सय मिटर क्षेत्रफलमा रहेको पोखरीको नामबाट महोत्सब मनाउनलाई पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष राखावाङदेलका स्थानीयसँग सर्वपक्षीय भेला गरेर गृहबहादुर राईको संयोजकत्वामा २१ सदस्य समिति गठन गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले समायोजन खबरलाई बताए । सर्वपक्षीय भेलाले फागुन १३,१४,१५ गते महोत्सब मनाउने टुंगो लगाएको छ ।

     

    परापुर्वककालदेखी नै पहिचान भएको पोखरीमा मनाईने महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रम हुने प्रारम्भिक रुपमा टुंगो लागेको महोत्सव संयोजक गृहबहादुर राईले बताए । राईका अनुसार महोत्सव सफल बनाउन नजिकका गाउँपालिकाका वडाहरुबाट पनि थप सदस्यीय थपिने छ । आफैमा ऐतिहासिक पोखरी आसपासमा महोत्सव मनाउँदा सवैको ध्यान केन्द्रीत हुने र पर्यटकीय क्षेत्रमा चिनिने बताए ।

     

    मनमोहक पोखरीबाट खोटाङको अधिकांश स्थान र छिमेकी जिल्लाहरु अवलोकन गर्न सकिन्छ । पोखरीमा जनैपूर्णिमा, मंसिर पूर्णिमामा धामी झाँक्री आउने, भाकल गरेकाहरु दर्शनार्थीहरु आउने र ठूलो मेला लाग्ने गर्दछ । नयाँ वर्षमा ठूलो संख्यामा युवायुवतीहरु पिकनिक जाने गरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए । पोखरीको पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपाहरु र केही माथि अन्य आकृतिका संरचनाहरु रहेको छ । पोखरी आसपासमा चौरी पाईने र भेडाहरु बढी पाईने भएकाले पर्यटकहरु तान्ने आधार हुने उनले बताए ।
    २०७६ मंसिर २४ गते राती ९ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology