चिसाङ शेर्पा खोटाङ,
अज्ञात समुहले खोटाङमा तीनवटा स्काभेटर जलाइदिएका छन् । निर्माणस्थलमा काम सकेर राखिएको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटर शनिबार राती जलाईदिएका हुन् ।

दोर्पाको लप्सेखोला पंखुखोलामा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधि साङगे शेर्पाले जानकारी दिए । प्रतिगोटा ९० लाख पर्ने स्काभेटर पूर्णरुपमा जलेको छ । उनका अनुसार शनिबार राती नौ बजेसम्म साइडमा काम गरिएको र राती ११,१२ बजेविचमा जलाइएको हुनेसक्ने अनुमान छ ।

स्काभेटरको ट्याङकी पड्केको ठूल्ठूलो आवाज कामदारहरुले सुनेपछि जलाइएको थाहा पाएको हो । कन्ट्रक्सनले दिक्तेल–चखेवाभन्ज्याङ सडकको काम गरिरहको छ । स्काभेटरमा आगजानी भएको जानकारी आएकाले प्रहरी परिचालन गरिएको खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
२०७६ मंसिर १५ गते बिहान ८ :५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology