• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस संगठनको केन्द्रिय सदस्यमा खोटाङबाट ६ जना छानिए

प्रेस संगठनको केन्द्रिय सदस्यमा खोटाङबाट ६ जना छानिए


समायोजन खबर
  • सोमबार, मंसिर ९ २०७६

  • समायोजन खबर खोटाङ,
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालमा खोटाङबाट ६ जना केन्द्रिय सदस्य परेका छन् । प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रिय समिति घोषणा हुँदा खोटाङबाट ६ जना केन्द्रिय सदस्य छानिएका हुन ।

     

    केन्द्रिय समितिमा सईन्द्र राई, राजेश चाम्लिङ, इन्द्र आचार्य, भिम राई, हरीबोल आचार्य र दिपेन्द्र राई केन्द्रिय सदस्य भएका छन । यस्तै खोटाङ जिल्लामा संयोजक पूर्व एमालेनिकट प्रेस चौतारीबाट र सह संयोजक पूर्व माओवादीनिकट प्रेस सेन्टरबाट रहने गरी निर्णय भएको प्रेस संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ । यस्तै बैठकले विभिन्न प्रदेश तथा यसोसियट सँस्थाको इन्चार्ज समेत तोकेको छ । प्रेस संगठनमा यस अघिनै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन ।
    २०७६ मंसिर ९ गते साँझ ५ : ४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology