• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्वाचन चिह्न प्रदान

निर्वाचन चिह्न प्रदान


समायोजन खबर
  • आइतबार, मंसिर १ २०७६

  • समायोजन खबर काठमाडौं,

    स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते शनिवार हुने  उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूूर्यप्रसाद गौतमले जानकारी दिए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुुरु भएको छ ।

     

    स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका  वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाकोे उम्मेदवारी कायम रहेको छ । निर्वाचन आयोगका अनुसार,  धरान उपमहानगरपालिकाको प्रमुुखका लागि २३, पाँचथरको फाल्गुुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । हुुम्लाको खर्पुुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि  भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् ।

    २०७६ मंसिर १ गते राती ८ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology