• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन वडामा कांग्रेसको वडा समिति गठन

तीन वडामा कांग्रेसको वडा समिति गठन


समायोजन खबर
  • शुक्रबार, कार्तिक २९ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङको साकेला गाउँपालिकाको दुई वडामा नेपाली कांग्रेसको वडा समिति गठन गरिएको छ । मुलुक संघीय संरचनामा गएसँगै युद्धस्तरमा संगठन विस्तारमा लागेको कांग्रेसले शुक्रबार तल्लो मात्तिम र माथिल्लो मात्तिममा ३१/३१ सदस्यीय वडा समिति गठन गरेका हुन् ।

    वडा नं ४ मात्तिममा ताराकुमार खड्काको सभापतित्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसभापतिमा खड्ग बहादुर खड्का/दिल बहादुर कटुवाल, सचिवमा भरत आचार्य/पर्शुराम कटुवाल, सह–सचिवमा सरिता राई/बल बहादुर खड्का र कोषाध्यक्षमा शोभा भूजेल चयन भएको नेविसंघ खोटाङका उपाध्यक्ष जीवन खत्रीले जानकारी दिए ।

     

    वडा नं. ५ मात्तिमा गम्भ सिं कटुवालको सभापतित्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । उपसभापतिमा दिल बहादुर राई/दिल बहादुर कटुवाल, सचिवमा गणेश राई/सरोज भट्टराई, सह– सचिवमा हरिकुमार राई/प्रकाश कटुवाल र कोषाध्यक्षमा रुपमणि राई चयन भएका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जितेन्द्र सिं ठकुरी, जिल्ला सदस्य रमेश खड्का, क्षेत्रिय सभापति तीर्थराज भट्टराई, वडा नं. ४ मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको उपस्थितीमा समिति गठन भएको हो ।

     

    यस्तै, बासुदेव तिमल्सेनाको सभापतित्वमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा पनि सोही दिन कांग्रेसको वडा समिति गठन भएको छ । त्यहाँ समितिको उपसभापतिमा जेथर राई/महाप्रसाद सुवेदी, सचिवमा सुरज राई/विनोद बुढाथोकी, सह–सचिवमा पर्शुधन राई/बतास राई र कोषाध्यक्षमा प्रतिक्षा बस्नेत चयन भएकी छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, क्षेत्रिय उपसभापति चण्डीराज राई, सप्तेश्वर छितापोखरीका वडाध्यक्ष तथा कांग्रेसका नेता पूर्ण बहादुर खड्का, नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापाको उपस्थितीमा समिति गठन भएको हो ।
    यो पनि पढ्नुहोस

    गाउँपालिका अध्यक्षका उम्मेद्वार कांग्रेसमा प्रवेश

    २०७६ कार्तिक २९ गते राती ९ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology