• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिका अध्यक्षका उम्मेद्वार कांग्रेसमा प्रवेश

गाउँपालिका अध्यक्षका उम्मेद्वार कांग्रेसमा प्रवेश


चिसाङ शेर्पा
  • शुक्रबार, कार्तिक २९ २०७६

  • पार्टी प्रवेशपछि सामूहिक तस्विरमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु । तस्विर सौजन्य : भूपेन्द्र राईको फेसवुक ।

    चिसाङ शेर्पा खोटाङ,
    स्थानीय निर्वाचनमा खोटेहाङ गाउँपालिका अध्यक्षका उम्मेद्वार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७४ असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका तर्फबाट अध्यक्षका पदका लागि उम्मेद्वार उठेका रामकेश राई कांग्रेसमा प्रवेश गरेका हुन् । उनले स्थानीय निर्वाचनमा करीव दुई सय ५० मत ल्याएका थिए ।

     

    शुक्रबार सावाकटहरेमा कांग्रेसको वडा समिति गठनका क्रममा उनी सहित नेकपाका युवा नेता जेफर राई, विनोद बुढाथोकी, अम्विका विश्वकर्मा, यम कुमार राई, देउ कुमार राई, बतास राई, नवराज राई, रोहित भुजेल, सुरज राई, विमण राई, पुर्सोंधन राई, राजन राई, देवेन्द्र बुढाथोकी, दिपक गेलाल, प्रतिक्षा बस्नेत कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।

     

    उनीहरुलाई महाधिवेशन प्रतिनिधि राई, क्षेत्रिय उपसभापति चण्डीराज राई, सप्तेश्वर छितापोखरीका वडाध्यक्ष तथा कांग्रेसका नेता पूर्ण बहादुर खड्का, नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापाले अविर र फुलमाला लगाएर पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टीमा भित्र्याएका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा बासुदेव तिमल्सेनाको सभापतित्वमा २१ सदस्यीय नेपाली कांग्रेसको वडा समिति गठन भएको छ ।
    २०७६ कार्तिक २९ गते साँझ ५ : ४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology