चिसाङ शेर्पा खोटाङ,
जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारको स्तरोन्नती गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा करीव ३० साल अघिबाट बाँसको टेका र चित्राले टहरा बनाएर चलिरहेको बाक्सिलाबजारलाई ट्रष्ट निर्माण गरेर नयाँ रुपमा स्तरोन्नती गरिएको हो ।

अहिलेको बाक्सिलाबजार । तस्विर चिसाङ शेर्पा
प्रदेश सरकारको १ करोड बजेटभित्र डिपिआरको बजेट कटाएर ८६ लाख ९ हजार २६६ मा निर्माण गरिएको ट्रष्टको शुक्रबार प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका छन् । २०७५ चैत्रबाट निर्माण उपभोक्ता समिति निर्माण गरेर निर्माण गरिएको ट्रष्टको काम गत साउनमा सकिएको निर्माण समितिका अध्यक्ष शिवकुमार राईले जानकारी दिए । १ वटा बधशाला सहित बजारमा १७ वटा फलामे ट्रष्ट निर्माण गरिएको छ । यसअघि यहाँ १ सय ३६ वटा टहरा थिए ।

पहिलेको बाक्सिलाबजार । तस्विर चिसाङ शेर्पा
गाउँपालिकाको सवै वडा र छिमेकी नगरपालिका/गाउँपालिकाबाट समेत व्यापार/व्यावसाय गर्न आउने सर्वसाधरणलाई सुविधा दिनलाई ट्रष्ट निर्माण गरेर सहज बनाईएको हो । फलामे ट्रष्ट निर्माण गरेर व्यवस्थित बजार भएपछि बाक्सिलाबजारको मुहार फेरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । यो विकासको राम्रो संकेत हो हामी यसरी नै प्रदेश, संघीय र स्थानीय सरकारको सहकार्यमा गाउँपालिका संमृद्ध बनाउन युद्धस्तरमा अघि बढेका छौ । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य राईले जनताले दिएको जनादेश इमान्दारीपूर्वक निर्वाह गर्नमा आफू जोडदार लागिरहेको बताए ।
२०७६ कार्तिक २२ गते साँझ ५ः५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology