• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महरामाथि मुद्दा चलाउने/नचलाउने टुंगो आज

महरामाथि मुद्दा चलाउने/नचलाउने टुंगो आज


समायोजन खबर
  • बिहिबार, कार्तिक १४ २०७६

  • समायोजन खबर काठमाण्डाै,

    निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने नचलाउने आज टुंगो लाग्दैछ । प्रहरीले ३ हप्ता लगाएर गरेको अनुसन्धानसहित पठाएको राय अध्ययन गरी मुद्दा चलाउने नचलाउने आज टुंगो लगाइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले जनाएको छ । मुद्दा दायर गर्ने नगर्ने अधिकार जिल्ला सरकारी वकिललाई छ ।

     

    मुद्दा दायर भए आजै जिल्ला अदालत काठमाण्डौमा थुनछेक बहस सुरु हुनेछ । थुनछेकको बहस नलम्बिए आजै महरालाई धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्नेछ । संसद सचिवालयमा कार्यरत एक महिलालाई यौन दुर्व्यवहारको प्रयास र कुटपिट गरेको अभियोगमा महरालाई गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियाे । महरामाथि अनुसन्धान गर्न तेस्रो पटक थप गरिएको ७ दिनको म्याद आज सकिँदैछ ।

    २०७६ कार्तिक १४ गते मध्यान्ह १२ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology