• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिकाको सवै वडामा विजुली वत्ती

गाउँपालिकाको सवै वडामा विजुली वत्ती


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक ७ २०७६

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको रावाबेंशी गाउँपालिकाको सवै वडामा विजुली वत्ती पुगेको छ । ६ वडा रहेको गाउँपालिकाको डुम्रेधारापानीमा विजुली सुचारु भएसँगै सवै वडामा वत्ती पुगेकोे हो । यो सँगै अध्याँरोबाट स्थानीयले छुटकारा पाएका छन् ।

    ९० प्रतिशत नेपाल सरकारको बजेट र १० प्रतिशत उपभोक्ताहरुको जनश्रमदानमा सामुदायिक विधुत वितरण केन्द्रले विस्तार गरेको विधुत बिहिबार गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले एलटी लाईनतर्फ जाने स्वीच थिचेर विधुत उद्घाटन गरेका छन् । डुम्रेधारापानीमा उद्घाटन गरिएको विजुली २ सय ५६ घरधुरीमा पुगेको गाउँपालिकाका कर्मचारी नर बहादुर श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको सवै वडामा विजुली वत्ती पुगेपछि अब, गाउँपालिकालाई काठेपोल मुक्त गाउँपालिका बनाउने अभियान रहेकोे गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो ।


    केन्द्रीय प्रशारण लाईनको विजुली गाउँमा बलेपछि स्थानीयलाई चौविसै घण्टा कुटानीपिसानी गर्न, ईमेल, ईन्टरनेट चलाउन, मोवाईल चार्ज गर्न, कम्प्युटर, टेलिभिजन चलाउन/हेर्न सहज भएको छ । यस्तै, ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा पनि आजै ३ वटा ट्रान्सफर्मर चार्ज गरेर वत्ती वालिएको छ । तथापी, अधिकांश स्थानीयहरुले हाउस वायरिङ नगरेका कारण घरघरमा वत्ती बल्न वाँकी छ ।

    ज्यामिरको ३ वटा ट्रान्सफर्मरले ३ सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो । महेश्वरी, ऐंसेलुखर्क, माक्पामा केन्द्रीय प्रशारण लाईन आशिंक रुपमा बलेको छ । वाकाचोल, राखावाङ्देल र जलेश्वरीमा अझै वत्ती पुग्न सकेको छैन । विधुत विस्तारको काम भने भईरहेको छ ।
    २०७६ कार्तिक ७ गते राती ९ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology