• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तुम धी जापान,दोश्रो रनिङ कप फुटसल सम्पन्न, प्रथम पुरस्कार,यसपाली पनि राईजिङ नेपाल ए कै पोल्टामा

तुम धी जापान,दोश्रो रनिङ कप फुटसल सम्पन्न, प्रथम पुरस्कार,यसपाली पनि राईजिङ नेपाल ए कै पोल्टामा


समायोजन खबर
  • सोमबार, जेष्ठ ८ २०७४

  • २२ मे, टोकियो आईतबार हरेक साता आउँछ अनि जान्छ पनि, तर जापानवासी त्यस्मा पनि टोकियो सो आसपासका, नेपाली फुटबल प्रेमीहरुका लागि भने,यो आईबार विशेष रह्यो फुटबल खेल्न खेलेको हेर्न रुचाउने  दुबै पक्षको उपस्थीति खास जमघटको माहोल बन्न पुग्यो यो आतबार

    स्वास्थ्य ,राष्ट्र मेलमिलापको लागि खेलकुद भन्ने मुल नाराका साथ तमु धी जापानद्वारा आयोजित दोश्रो रनिङ कप फुटसल प्रतियोतिताले यो संयोग जुटाईदिएको हो संधैजसो विभिन्न सांगीतिक,मनोरञ्जनात्म कार्यक्रमहरु अधिक आयोजना हुने टोकियोमा यस प्रकारको प्रतियोगितामा,उत्साहीत हुने ठूलो जमात देखियो

    टोकियो को हाचिओजी खेलमैदानमा आयोजित रनिङ कप अन्य सामाजिक कार्यमा ,लामौ समयदेखि सक्रिय तमु धी ले गत वर्षदेखि खेलकुदलाई पनि प्राथमिकता दिँदै सुरुवात गरेको प्रतियोगिताको दोश्रो श्रृङ्खला हो  कुल २२ टिमको सहभागीता रहेको खेलमा गत वर्षकै विजेता समुह,राईजिङ नेपाल प्रथम भएको त्यस्तै गत साल क्वाटर फाईनलबाटै बाहिरिएको समुह नेपाल युनाईटेड यो वर्ष फस्ट रनर अप बन्न सफल भएको  


    जापानमा नेपालीहरुको संख्या बढेसंगै खेलकुदका माहोल पनि राम्रो बन्दै आईरहेको जसको परिणामस्वरुप, चर्को घाम दुरीको प्रवाह नगरी जापानको व्यस्थतामा पनि फुटबल नेपाली फुटबल खेलप्रेमीहरुको प्रशंसनीय उपस्थीति रह्यो  फुटसल प्रतियोतिमा, टोकियो ब्रदर्स,काभ्रैली ,काभ्रेली बी,नेपाल युनाईटेड ब्रदर्स, नेपाल युनाईटेड, लम्जुङ एफसी,एभेरेष्ट एफसी ,कालभैरब, ब्लु रे ,ब्लु रे बी, तमु धी , तमु धी बी, फुसा गाईज, सनसाईन , सनसाईन बी, लाफा एफ सी, राईजिङ नेपाल , राईजिङ नेपला बी, तामाङ युथ क्लव,सुभरासी एफ सी लगायतका समुहहरु सहभागी भएका थिए

    प्रतियोगितामा,गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्य परिषद सदस्य, ओम गुरुङ,गैर वासीय नेपाली संघ जापानका अध्यक्ष, सुदन थापा, उपाध्यक्ष टासी लामा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, पुर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन,गैर आवसीय नेपाली संघ जापानका सदस्य प्रल्हाद सिं महत लगायत तमु धी जापानका पधादिकारीहरुको उपस्थिति रहेको थियो
    राईजिङ नेपाल प्रथम


    प्रतियोगितामा सहभागी २२ टिम मध्ये,सबैलाई पछि पार्दै यो वर्ष पनि गत वर्षकै विजेता समुह राईजिङ नेपाल प्रथम भएको त्यस्तै अघिल्लो वर्ष क्वाटर फाईनलबाटै बाहिरिएको नेपाल युनाईटेड दोश्रो भएको त्यसै गरी तामाङ युथ क्लब जापान फेयर प्ले ग्रुप, कुस कार्की बेस्ट किपर, राईजिङ नेपाल का सुदीर गुरुङ बेस्ट फर्वाड, नेपाल युनाईटेडका खेलाडी बेस्ट डिफेन्स बिसन गौचन सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्मानित भएका छन्  प्रथम हुने समुहले लाख २२ हजार २२ येन नगद सहित ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गरे भने, उपविजेता समुहले लाख ११ हजार ११ येन नगद सहित ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गरे यो

    तमु धी जापानका अध्यक्ष, श्री भक्त गुरुङको अध्यक्षता रहेको प्रतियोगितामा,तमुधी जापानका सल्लाहकार समेत रहेका एनआरएनए आईसीसी सदस्य ओम गुरुङले प्रमुख आतिथ्ताको ग्रहण गरेका थिए  कार्यक्रम समापन गर्दै,तमुधी का अध्यक्ष श्री भक्त गुरुङले  भनेखेलकुदले स्वास्थ्य तन्दुरुस्त फुर्तिलो बनाउँछ नै,एक आपसमा भाईचारा तथा मुलुकलाई अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ खेलकुद मायाँ गर्ने आग्रहसंगै उनले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण निकाय संघसंश्थाहरुलाई धन्यबाद पनि दिए

    @nepalnewspost.com

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology