• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोका कारण दिक्तेल-जयरामघाट सडक अवरुद्ध

पहिरोका कारण दिक्तेल-जयरामघाट सडक अवरुद्ध


चिसाङ शेर्पा
  • बुधबार, असोज १ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    पहिरोका कारण दिक्तेल–हलेसी–जयरामघाट सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गर्दा सडक माथिबाट पहिरो, ढिस्को र लेदो खस्दा सडक अवरुद्ध बनेको हो । वर्षा नरोकिएकाले अझै सडकमा पहिरो जाने संम्भाना बढ्दै गएको छ ।


    दिक्तेल–हलेसी–जयरामघाट सडक अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐंसेलुखर्कस्थित एक्लेबरमा पहिरो र बाहुनीडाँडाको डौठे खोला आसपासमा हिलो पानीले ग्राभेल सडक पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरिक्षक आमोद कुमार खेरवालले जानकारी दिए । ऐंसेलुखर्कमा बुधबार बिहान ८ बजेबाट गएको पहिरोले १५ मिटरमा अवरोध पु¥याएको छ । त्यहाँ हलेसी तुवाचुङ नगरपालिकाको जेसिभीले हटाउने काम गरिरहेको छ । डौठे खोलामा झरेको लेदो तथा ढुंगाहरु हटाउन निर्माण कम्पनी सुर्य कन्ट्रक्सनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै, स्थानीयका अनुसार दिक्तेल–हलेसी–जयरामघाट सडकमा पर्ने रागाकाटे डाँँडामा सिमलको रुख ढलेको र ठाउँठाउँमा ठूल्ठूला ढुंगाहरु झरेको छ । वर्षायाम लागेसँगै पटक–पटक सडक अवरुद्ध हुंदा मध्यपहाडी लोकमार्ग र सडक डिभिजन कार्यालयले मर्मतमा चासो देखाएको छैन । हलेसी–जयरामघाट सडक आफ्नो नगरपालिकाभित्र पर्ने भएकाले यात्रुको समस्यालाई ध्यानमा राखेर जनताको लागि आएको बजेट खर्चेर सडक खुलाउदै आएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । सडकका लागि बजेट पाएर पनि सम्बन्धित निकायले मतलब गर्दैनन् । नगरप्रमुख राईले भने, ‘जनताको लागि आएको बजेट कटाएर सडक खुलाउदै आएका थियौ । अब त्यो संम्भव रहेन ।’
    २०७६ असोज १ गते साँझ ५ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology