• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हुर्लुङ-बाक्सिला-ऐसेलुखर्क सडक ठप्प

हुर्लुङ-बाक्सिला-ऐसेलुखर्क सडक ठप्प


समायोजन खबर
  • सोमबार, भाद्र ३० २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    पहिरोका कारण हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क एक हप्तायता सडक ठप्प भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा सडक ठप्प भएको हो । पहिरो खस्दा जिल्लाको उत्तरी गाउँपालिका जोड्ने केपिलासगढी गाउँपालिका र ऐंसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट बिच्छेद भएको छ ।


    सडक ठप्प हुँदा यात्रु घण्टौं पैदल हिँडेर यात्रा गर्न वाध्य बनेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । हप्ता दिनदेखि नै हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प छ,’ हिङमाङले भने, यात्रुले हप्ता दिनसम्म सास्ती खेप्दा पनि सम्वन्धित निकायको मर्मतमा ध्यान गएको छैन ।’ सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिकाको बाक्सिला र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट काठ्माण्डौं, दिक्तेल लगायतका शहर बजारका लागि सवारी साधन छुट्न सकेका छैनन् ।

     

    सुरुमा सामान्य मात्रामा खसेको पहिरोले हाल सडक नै थुनेकाले पैदल यात्रा गर्नै मुस्किल भइरहेको महासचिव हिङमाङले बताए । पहिरोका कारण नजिकिदै गरेको दशैका लागि आवतजावत गर्ने यात्रुलाई हैरानी भइरहंदा सम्बन्धित निकाय भने बेखबर छन् ।
    २०७६ भदौ ३० गते दिउँसो ३ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology